IME Life New

आजसम्म शेयर किन्नेले प्रभु बैंकको प्रस्तावित लाभांश पाउने, एजिएम कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गरेसँगै आज बिहीवार अर्थात् मङ्सिर २९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

बैंकले पुस १४ गते २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले उक्त सभा आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गर्न लागेको बताएको छ । गरेको हो ।  बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफ बाट ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest
सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आथिृक वर्ष २०७८ / ०७९ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

यस बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने , बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ र ०८० का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बैंकको अधिकृत पूँजी १२,७०,८७,०४,१७५ लाई बृद्धि गरी २४,००,००,००,०००कायम गर्ने, सञ्चालकहरुको भत्ता तथा सुविधा बृद्धि गर्न नियमावलीमा संसोधन गर्ने सम्बन्धमा । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेका निर्णय लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्नेछ ।

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्याङ्कनकर्ता श्याम कार्की एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको चलरअचल सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपातमा वर्तमान बजार मूल्य, संस्थाहरुको व्यवसायिक अवसर तथा भविष्यको बजार विस्तारको सम्भावना समेतका विषयहरुको आधारमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर प्रभु बैंक लिमिटेडको १०० कित्ता शेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्न स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै, सभाले प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै संशोधन एवं परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र, नियमावलीका बिभिन्न दफा र नियममा आवश्यक संशोधन एवं परिमार्जन गर्न तथा प्राप्तिका सम्बन्धमा गर्नु पर्ने अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS