IME Life New

आजसम्म शेयर किन्नेले दुई लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम दिन रहेको छ । विजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १६ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै यी संस्थाको प्रस्तावित लाभांश पाउनेछन् ।

विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २८ गते बिजय विकास केन्द्र गैडाकोट नवलवरासीमा बिहान ११ः३० बजे बस्नेगरी १० औं साधारण सभा आह्वान गरेको छ ।

Esewa
Crest

कालिका लघुवित्तले चैत्र २९ गते १३औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा होटल टास्क पोखरामा आयोजना गर्ने जनाएको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को वाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, वोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रको दफा(६ मा जारी तथा चुक्ता पूँजी वृद्धि सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए पश्चात् कार्यान्वयन गर्ने गरी संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले यस वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्नेरगाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने तथा गाभ्ने गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले प्रबन्धपत्र नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS