IME Life New

आजसम्म शेयर किन्नेले एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

बैंकले आफ्नो २८औं वार्षिक साधारण सभा मंसिर २६ गते गर्ने भएको छ । बैंकले उक्त सभा लैजचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५०० करोड पुर्याउने, तथा आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS