IME Life New

आजसम्म शेयर किन्नले मनकामना स्मार्ट लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजसम्म शेयर किन्नले मनकामना स्मार्ट लघुवित्तको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १ देखि चैत्र १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

लघुवित्तले चैत्र १६ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीले रुपन्देहीको होटेल पौवामा आयोजना गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव २५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसाग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७९ /०८० को लेखा परीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको पद रिक्त रहेकोले सो रिक्त पदमा बाँकी कार्यकालकालागि संस्थापक समूहबाट संचालकको निर्वाचन गर्नेछ ।

सभाले बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) मा संशोधन गर्ने जनाएको छ ।

सभाले यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्थासंग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धी आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS