IME Life New

आजसम्म शेयर किन्नले गुराँस लाइफको लाभांश पाउने, कहिले हुँदैछ एजिएम?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात चैत २३ गते बुक क्लोज गर्दैछ। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

गुराँस लाइफको तेह्रौं वार्षिक साधारण सभा बैशाख ६ गते हुने भएको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुनेमा आयोजना हुनेछ । सभा विहान १०ः३० बजे हुनेछ ।

Esewa
Crest

अब गुराँस लाइफले साधारण सभा बोलाएसँगै प्राइम यूनियन र गुराँस लाइफको एकिकृत कारोबार बैशाखमा नै हुनेछ । यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु गर्दैछन् । यी तीन कम्पनी बराबरी हैसियतका गाभिन लागेका हुन् ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सकित असार मसान्तको हिसाव, वासलात, नाफा नोक्सान नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ । कम्पनीको संचालक समिति र कम्पनी रजिष्ट्ररको कार्यालयबाट २०७८ /७९ को लागि नियुक्त भएका लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.२७ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर शेयरधनिबाट लिने गरि प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ । सभाले बोनश शेयर जारीपछि बृद्धि हुने कम्पनीको जारी, अधिकृत र चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गरी कम्पनीका प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित हुनेछ ।

कपनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवम स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै हेरफेर संशोधन गर्न निर्देशन आएमा सोही अनुसार संशोधन गर्न संचालक समितिलाई सम्पुर्ण अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले बैठक भत्ता अनुमोदन गर्ने, गुराँस, प्राइम र यूनियन लाइफ एक आपसमा थाभ्ने गाभिने प्रताव पारित गर्ने, यी तीन कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्सबाट जीवन बीमा व्यवसाय संचालन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यी तिनै कम्पनी एक आपसमा थाभ्न गाभिनका लागि मुल्याङकनकर्ताबाट तयार पारिएको चल अचल सम्पत्ती, दायित्व मुल्याङकन प्रतिवेदन, शेयर अनुपात १ः१ः१ कायम गरी गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । अन्तिम सम्झौतापत्र तथा अन्य भए गरका मर्जर सम्बद्ध सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यी तिन कम्पनीको बीचमा भएको मर्जर सम्झौता बमोजिम आवश्यक स्वीकृतिका लागि बीमा प्राधिकरणमा निवेदन दिने लगायतका आवश्यक कार्य गराउने कार्य सम्बन्धमा गर्नुपर्ने सम्पुर्ण कार्य गर्न संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने, यी तीन कम्पनीका एक आपसमा गाभिएपछि कम्पनीको प्रबन्धपत्र नियमावलीमा गर्नुपर्ने संशोधनमा निष्मनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाब आएमा सोही अनुरुप कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS