IME Life New

आजबाट नाडा अटो शो, ७५ हजार आगन्तुक आउने अपेक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ‘नाडा अटो शो २०२४’ आज (भदौ ११ गते) देखि सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने अटो शो बिहान ९ बजेबाट सुरु हुनेछ।

भदौ १६ गतेसम्म चल्ने अटो शोमा विभिन्न ब्रान्डका २४ चारपांग्रे, १९ दुईपांग्रे र १२ हल्का व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिनेछ। प्रदर्शनीस्थलमा विभिन्न लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरण तथा ७ वित्तीय संस्थाको स्टल रहनेछ। शोमा कुल ९५ प्रदर्शकले १३० स्टलमा आ–आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्।

Esewa
Crest

खल्ती एपबाट प्रदर्शनीस्थलमा प्रवेश गर्न टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। भदौ १० गतेसम्म टिकट खरिद गरेकालाई २० प्रतिशत क्यासब्याक पाउनेछन्।

अटो शो करिब ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकको रहेको छ। दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै यस वर्ष नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने आयोजकको विश्वास छ।

एक भाग्यशाली सहभागीले सिजी मोटर्सका तर्फबाट हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्। नाडा अटो शोमा हिरो जुम स्कुटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ।

शोमा वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर र ८८ हिटको प्रालि ८८ र सीसीटीभी नेपालको प्रदर्शनीमा सहयोग रहने भएको छ। शो व्यवस्थापक ग्लोबल एक्सपोजिशन एन्ड म्यानेजमेन्ट सर्भिसेस रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS