IME Life New

आजदेखि दुई बैंकले एकिकृत कारोबार शुभारम्भ गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले आज पुस २५ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछन् । संयुक्त कारोबार प्रयोजनका लागि बैंक अफ काठमाण्डूको पुस २२ गतेदेखि २४ गतेसम्म बैंकिङ कारोबार पनि बन्द भएको थियो । बैंकले डेटा माइग्रेसनका लागि बैंकिङ कारोबार नै बन्द गरेको हो ।

दुबै बैंकले गत मंसिर २३ को साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Esewa
Crest

त्यस्तै, बैंक अफ काठमाण्डू गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व ग्लोबल आइएमई बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरमा जाने स्वीकृति दिएको थियो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २८ कमलादीमा हुनेछ । दुबै बैंकले १ः१ को स्वाप रेसियोमा मर्जर गरेका हुन् । मर्जर पछि दुबै बैंकको शेयरधनीको शेयरमा कुनै पनि परिवर्तन हुने छैन ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको चुक्ता पूँजी ११ अर्ब २६ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी ३६ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS