IME Life New

आजको मूल्यमा नबिल बैंकको शेयर किन्दा कति हुन्छ डिभिडेण्ड इल्ड ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नबिल बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमवल ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा यो वर्ष वाणिज्य बैंक मध्य सबै भन्दा धेरै लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गर्न बाँकी छ।

लाभांश प्रस्ताव गरे पश्चात कम्पनीको शेयर मूल्यमा आज  मंगलबार माथिल्लो सर्किट लागेको छ। शेयर खरिद गर्ने लगानीकर्ताको संख्या धेरै भए पनि बेच्ने लगानीकर्ताको संख्या भने शुन्य जस्तै थियो । बेलाबेलामा कारोवार भए पनि बिक्रीकर्ता थिएनन् । मंगलबार नबिल बैंकको शेयर मूल्य करिव १० प्रतिशतले वृद्धि हुँदै १३५४ रुपैयाँ प्रति कित्ता पुगेको छ ।

Esewa
Crest

नबिल बैंकको हालको बजार मूल्यलाई कम्पनीले प्रस्ताव गरेको लाभांश सँग दाँजेर हेर्दा २ दशमलव ६० प्रतिशत डिभिडेण्ड इल्ड हुने छ।

कम्पनीको बजार मूल्य : १३५४
प्रस्तावित लाभांश : ३५ दशमलव २६ ( ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमवल ७६ प्रतिशत नगद लाभांश )
डिभिडेण्ड इल्ड (%): ३५.२६ / १३५४ *१०० = २.६० %

र यो पनि :

बम्पर लाभांश घोषणा गरेको नबिल बैंकको विगत १० वर्षको लाभांश इतिहासलाई फर्केर हेर्दा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS