IME Life New

आकर्षक लुक अनि पावरफुल इन्जिन, मोर्डन-रेट्रो डिजाइनमा जावाले ल्यायो नयाँ बाइक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। क्लासिक लेजेन्ड्सले गत महिनामात्रै भारतीय बजारमा आफ्नो प्रसिद्ध बाइक जावा ४२ अपडेट गरेको थियो। अब कम्पनीले आधिकारिक रुपमा नयाँ मोटरसाइकल जावा ४२ एफजे बिक्रीका लागि ल्याएको छ।

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस बाइकको सुरुआती मूल्य भारु १.९९ लाख तोकिएको छ। जहाँ यसको टप मोडेलको मूल्य भारु २.२० लाख (एक्स–शोरुम) छ।

Esewa
Crest

रेगुलर जावा ४२ को तुलनामा यो बाइक लगभग भारु २६ हजारले महँगो छ। कम्पनीले यसको प्रि–बुकिङ सुरु गरिसकेको छ। कम्पनीको आधिकारिक वेबसाइटबाट मात्र भारु ९४२ मा बुकिङ गर्न सकिनेछ।

कम्पनीले यसलाई आधुनिक रेट्रो लुक दिएको छ। यसको छेउमा एल्युमिनियम प्लेट भएको टियर ड्रप आकारको इन्धन ट्यांकी प्रदान गरिएको छ। साइड प्यानल जावा ४२ सँग मिल्दोजुल्दो छ, जुन ब्रान्डको इतिहासलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। फेन्डरहरु पनि धेरै सफा शैलीमा छन्, जावा टेल लाइटहरु पछाडिको फेन्डरबाट निस्कन्छ।

जावा ४२ एफजेमा मल्टि–स्पोक एलोय ह्विल, ब्ल्याक आउट इन्जिन र अपस्वेप्ट एग्जस्ट पाइपजस्ता एलिमेन्ट देखिन्छन्। जसले यस बाइकलाई अलिकति स्पोर्टी लुक पनि दिन्छ। यसको बेस मोडलमा वायर स्पोक ह्विल दिइएको छ।

कम्पनीले यो बाइक कुल पाँच रङमा ल्याएको छ। जसमा औरोरा ग्रिन म्यान, कस्मो ब्लु म्याट, मेस्टिक कप्पर, डिप ब्ल्याक–रेड क्लेड र डिप ब्ल्याक–ब्ल्याक क्लेड समावेश छन्। यी सबै रङ भेरियन्टको मूल्य पनि फरक छ।

यो मोटरसाइकलमा कम्पनीले ठूलो ३३४ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरेको छ। जसले २९.१ एचपीको पावर र २९.६ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिनमा स्लिप एन्ड असिस्ट क्लच प्रविधिसहितको ६ स्पिड गियरबक्स लगाइएको छ। यो इन्जिनले रेगुलर जावा ४२ भन्दा २एचपी बढी पावर उत्पादन गर्छ। समग्रमा कम्पनीको दाबीअनुसार लुक्स, डिजाइन र परफर्मेन्सका आधारमा यो बाइक राम्रो विकल्प हुन सक्छ।

बाइकमा एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट र सिंगल–पड, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन्। मोटरसाइकलमा ४१ एमएम टेलिस्कोपिक फोर्क र ट्विन शक अब्जर्बरजस्ता सस्पेन्सनले सुसज्जित स्टिल चेसिस प्रयोग गरिएको छ। ब्रेकिङका लागि अगाडि ३२० एमएम डिस्क ब्रेक र पछाडि डिस्क ब्रेक प्रयोग गरिएको छ।

कुल १८४ केजी जावा ४२ एफजेको सिट उचाइ ७९०एमएम छ। यसको मतलब यो बाइक औसत उचाइ भएका व्यक्तिहरुका लागि पनि राम्रो हुनेछ। यसको ग्राउन्ड क्लियरेन्स १७८ एमएम छ। यो बाइक रेगुलर जावा ४२ भन्दा करिब २ केजी भारी छ। यस बाइकमा डुअल च्यानल एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) लाई स्ट्यान्डर्डका रुपमा समावेश गरिएको छ।

भारतीय बजारमा नयाँ जावा ४२ एफजेले मूलतया ३५० सीसी सेगमेन्टको बाइकसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS