IME Life New

आकर्षक र स्टाइलिस लुकमा रोयल इनफिल्डको नयाँ बाइकबाट उठ्यो पर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी दुईपांग्रे सवारी उत्पादक कम्पनी रोयल इनफिल्डले आफ्नो बहुप्रतिक्षित बाइक गोआन क्लासिक ३५० सार्वजनिक गरेको छ। यो एउटा बाबर स्टाइल बाइक हो। जुन कम्पनीको सबैभन्दा धेरै बिक्री हुने मोडल क्लासिक ३५० मा आधारित छ। तर, यो बाइकमा धेरै परिवर्तन गरिएको छ। जसले यसलाई क्लासिकभन्दा पूर्ण रुपमा फरक बनाएको छ।

हाल कम्पनीले नयाँ गोआन क्लासिक ३५० मात्र प्रदर्शन गरेको छ। यसलाई आधिकारिक रुपमा नोभेम्बर २३ मा बिक्रीका लागि लन्च गरिनेछ। यसको मूल्य पनि सोही दिन घोषणा गरिनेछ। यो मोटरसाइकल कुल चार डुअल टोन कलरमा उपलब्ध हुनेछ। जसमा रेभ रेड, ट्रिप टिल, पर्पल हेज र शक ब्ल्याक कलर भेरियन्ट समावेश छन्।

Esewa
Crest

गोआन क्लासिक ३५० नियमित क्लासिक ३५० मा आधारित छ। तर, बाबर स्ट्यान्स र अपिल कायम राख्न डिजाइन र डिभाइसहरुमा धेरै परिवर्तन गरिएको छ। क्लासिक जस्तै यो बाइक पनि डबल डाउन ट्युब चेसिसमा बनाइएको छ। बाइकमा सबफ्रेम छैन तर यसको सट्टामा हटाउन सकिने पिलियन सीटको साथ बाबर शैलीको ओभरह्याङ सिट छ।

बाइकको अगाडि एलईडी हेडल्याम्प र क्लासिक ३५० जस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल छ। तर, बाइकको ह्यान्डलबार क्लासिकभन्दा विल्कुलै फरक छ। यसमा एपीई ह्यान्डलबार दिइएको छ। यसबाहेक फर्वार्ड–सेट फुटपेगहरु र ७५० एमएमको तल्लो सिटको उचाइले यो बाइकलाई उपयुक्त बाबर शैली दिन्छ।

हालको नियमित क्लासिक ३५० मोडलमा कम्पनीले अगाडि १९ इन्च र पछाडि १८ इन्च पांग्रा दिएको छ। जबकि यो नयाँ गोआन क्लासिकको अगाडि १९ इन्च र पछाडि १६ इन्च पांग्राहरु छन्। जसका कारण बाइकको पछाडिको भाग निकै कम देखिन्छ। तर पांग्राहरुको यो व्यवस्थापन बाबर शैलीका लागि विल्कुल सही छ।

यसको टायरमा सेतो भित्ता कलर प्रयोग गरिएको छ। यसबाहेक स्ल्यास–कट साइलेन्सरले बाइकको साइड प्रोफाइलमा पनि सुधार गर्दछ। सेतो रङको टायर र स्टाइलिस सिटले यस बाइकको स्पोर्टीनेसलाई अझ बढाएको छ। रोयल इन्फिल्डले गोआनलाई ट्युबलेस तार–स्पोक ह्विलहरु प्रदान गरेको छ। जसले पन्चरको झन्झट पनि हटाउँछ।

यसको इन्जिन मेकानिजम क्लासिक ३५० को जस्तै छ। गोआनमा पनि त्यस्तै जे–सिरिज ३४९ सीसी सिंगल–सिलिन्डर एयर–कुल्ड इन्जिन छ। जसले २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ।

मोटरसाइकलको अगाडि टेलिस्कोपिक फोर्क र रियरमा ट्विन शक एब्जर्बर सस्पेन्सन सेटअप रहेको छ। ब्रेकिङको कुरा गर्दा डिस्क ब्रेक दुवै छेउमा उपलब्ध छन्। जसमा डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) जडान गरिएको छ। बाइकको तौल १९७ किलो छ।

यो बाइकको लन्च हुनुअघि नै यसको मूल्यबारे अहिले नै केही भन्न गाह्रो छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS