IME Life New

आउँदो जनवरीदेखि महगिँदै होन्डाका कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानी कार निर्माता कम्पनीलले जनवरीदेखि आफ्ना गाडीको मूल्य बढाउने भएको छ। लगातार बढ्दै गएको इनपुट कस्टको दबाबलाई कम गर्न कम्पनीले मूल्य बढाउने निर्णय गरेको छ। कम्पनीले भारतीय बजारमा एलिभेट, सिटी र अमेज गरी तीनवटा मोडल बिक्री गर्छ।

होन्डा कार्स इन्डियाका उपाध्यक्ष (मार्केटिङ र सेल्स) कुणाल बहलले अर्को महिनादेखि आफ्ना मोडलहरुको मूल्य बढाउने जानकारी दिए। कुन मोडलमा रकम बढाउने भन्ने कुरा महिनाको अन्त्यसम्ममा टुंगो लाग्ने उनले बताए। नयाँ मोडल एलिभेटलाई ग्राहकले निकै रुचाइरहेको पनि कुनालले बताए।

Esewa
Crest

जापानी कार निर्माता कम्पनी होन्डाले तीन महिनाअघि भारतमा आफ्नो पहिलो मध्यम आकारको एसयूभी ‘एलिभेट’ सार्वजनिक गरेको थियो। कम्पनीले यो वर्षको जुन ६ मा कार सार्वजनिक गरेको थियो। कारले एक लिटर पेट्रोलमा १७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। यो कारको प्रारम्भिक मूल्य भारु १०.९९ लाख (दिल्ली एक्स शोरुम)मा प्रस्तुत गरिएको थियो।

यसअघि मारुती सुजुकी, महिन्द्रा एन्ड महिन्द्रा, टाटा मोटर्स र अडी इन्डियाले पनि जनवरीबाट आफ्ना कारको मूल्य बढाउने घोषणा गरेका थिए। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS