IME Life New

आइएमई लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ८० रुपैयाँ पाउँदा कुन पोलिसीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

सावधिक, बाल सावाधिक तथा सामूहिक जीवन बीमालेख

Esewa
Crest

कम्पनीले यस सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १० देखि १४ वर्ष अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ बोनसदर कायम भएको छ। त्यस्तै, २५ देखि २९ वर्ष अवधिका लागि ६७ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोेभन्दा बढी अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४२ हजार ९८१ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

सावधिक तथा आजीवन बीमालेख

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका अवधिका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार ३७९ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमालेख

अग्रिम भुक्तानी आजीवन जीवन बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिक जीवनबीमालेख

यस बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले २० देखि २४ वर्ष अवधिको २ हजार १२८ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

बाल अग्रिम भुक्तानी सावाधिकको १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६५ रुपैयाँ बोनसदर दिने भएको छ।

त्यसैगरी बाल वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख(बाल किरण) मा १० देखि १४ वर्ष अवधिमा ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ४४ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६० रुपैयाँ बोनसदर दिने भएको छ।

त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ। जुन बीमालेख खरिद गर्ने बीमितले २२ रुपैयाँ बोनस पाउनेछन्।

कम्पनीले घोषणा गरेको यस बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS