IME Life New

आइएमई लाइफले घोषणा गर्यो आ.व २०७८/७९ को लागि नयाँ बोनसदर, कुन पोलिसीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७७ /७८को लागि हालसम्म १५ वटा जीवन बीमा कम्पनीहरुले बोनसदर घोषणा गर्दैगर्दा आइएमई लाइफले भने नयाँ बोनसदर अर्थात २०७८/ ७९ को लागि घोषणा गरेको हो ।

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ ।

Esewa
Crest

सावधिक तथा सामुहकि जीवन बीमालेख
कम्पनीले यस सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, बोनसदर कायम भएको छ । त्यस्तै, २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३६ हजार ७३२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार ५७६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार ९७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख( बाल किरण)

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख( बाल किरण) को हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ७७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ । जुन बीमालेख खरिद गर्ने बीमितले २० रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले घोषणा गरेको यस बोनसदर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

8%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

58%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS