IME Life New

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ८० पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८०।८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा नयाँ बोनसदर कायम गरिएको हो। कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।

सावधिक सीमित अवधि भुक्तानी/सावधिक तथा बाल सावधिक

Esewa
Crest

कम्पनीले यस बीमालेखमा प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४९ हजार ६४६ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सामूहिक सावधिक

यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले २० देखि २४ वर्ष अवधिको ७७८ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावधिक तथा आजीवन

यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको २ हजार ३८५ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन)

यस बीमालेखमा कम्पनीले प्रतिहजार १० देखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३३७ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ३८ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

अग्रिम भुक्तानी सावधिक

कम्पनीले यस बीमालेख १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले २० देखि २४ वर्ष अवधिको २ हजार २०६ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४८ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग)

कम्पनीले यस बीमालेख १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ६२० वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ३७ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण)

कम्पनीले यस बीमालेख १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ७७५ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ। जुन बीमालेख खरिद गर्ने बीमितले २२ रुपैयाँ बोनस पाउनेछन्।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमांककीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कायम हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS