IME Life New

आइएमई लाइफको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ९ लाख ६० हजारले पाए १० कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ आज शनिबार बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आज आइपीओ बाँडफाँड गरेको हो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार उक्त आइपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता शेयर माग भएको थियो। जसमा ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता शेयर योग्य भएको छ भने ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता शेयर रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। उक्त आइपीओमा योग्य आवेदकमध्ये २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।

Esewa
Crest

कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा आइपीओ जारी गरेको थियो।

कम्पनीले पहिलो चरणमा कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको थियो। कुल कित्ताको ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता आइपीओ सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ९६ लाख कित्ता आइपीओमा भने सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

42%
amazed

अचम्मित

33%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS