IME Life New

आइएमई लाइफको आइपीओ निष्काशन मिति तय,क-कसले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कूल पूँजी ४ अर्बको ३० प्रतिशतका दरले प्रतिकित्ता २३६.९१ रुपैयाँमा १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो । जसमा कम्पनीले करोड २० लाख कित्ता साधारण शेयको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशन गर्नेछ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुटाइएको छ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि विक्री गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । उक्त शेयरमा वैदेशिक रोजगारीमा रहेकाहरुले असार १ गतेदेखि असार १५ गतेसम्म् आवेदन दिन सक्नेछन् । त्यस्तै सर्वसाधारण लगानीकर्ताले भने असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त छिटो अवधिमा पनि सबैका लागि आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले केयरएनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको छ। उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ। आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको लागि आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत उक्त रेटिङले थप पुष्टि गरेको कम्पनीले बताएको छ।

कम्पनीको शेय प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ भने कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

9%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS