IME Life New

आइएमई लाइफका दिनेश अमात्यको नायब प्रमुख कार्यकारीमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सका दिनेश अमात्यलाई सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। बढुवा अघि उनी नायब महाप्रबन्धक पदमा थिए।

अमात्य आइएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै आइएमई लाइफमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।

Esewa
Crest

जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्या लाइफ इन्स्योरेन्समा पनि संस्थापना देखि नै काम गर्ने अवसर पाएका थिए । उनले त्यहाँ २०६५ सालदेखि निरन्तर २०७४ साल असार सम्म काम गरे ।  उनले सहायक महाप्रबन्धक पदबाट सूर्या लाइफबाट राजीनामा दिएर आइएमईमा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका हुन् ।

नायब प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाङ्कन, पुनर्बीमा, बीमाङ्की मूल्याङ्कन, दाबी व्यवस्थापन, बीमालेख सेवा र समेतमा दुई दशकभन्दा लामो कार्य अनुभव छ। उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS