IME Life New

आँधिखोला लघुवित्तले डाक्यो साधारण सभा, लाभांश सहित यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौँ वार्षिक साधारण सभा माघ १३ गते गर्ने जनाएको छ । उक्त सभा होटल गाउँवेशीको सभाहल, वालिङ्ग, स्याङ्जामा गर्ने जनाएको छ । सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS