IME Life New

आँधिखोला लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश सहित के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुँदैछ । संस्थाले छैठौं वार्षिक साधारण सभा आज शुक्रवार गर्दैछ । सभा होटल गाउँबेशीको सभाहल वालिङ–८ वालिङ, स्याङ्जामा बिहान ११/३० बजे शुरू हुने कम्पनीले जानकारी गराएको छ । सभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले यो लघुवित्त कम्पनी एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गरेको थियो । यसको आधारमा पुस २८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभा भाग लिन र लाभांश पाउन योग्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS