IME Life New

असोजदेखि तपाईको पाँच लाख रुपैयाँको निक्षेप पूर्ण सुरक्षित रहनेछः अर्थमन्त्री शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा बचत गर्न प्रेरित गर्ने उद्देश्यले सरकारले निक्षेप बीमाको सीमा वृद्धि गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले दोश्रो पटक कार्यभार सम्हाले लगत्तै अनिवार्य निक्षेप बीमालाई ५ लाख रुपैयाँ पु-याउने निर्णय गरेका थिए ।

सरकारले चालू आर्थिक वर्षको लागी सार्वजनिक गरेको बजेट वक्तव्यमा समेत निक्षेपको सीमा बढाउने घोषणा गरेको थियो । निक्षेप बीमा कार्यक्रम अन्तर्गत हाल प्राकृतिक व्यक्तिको नाममा कुनै एउटा बैंक वा वित्तीय संस्थामा रहेको निक्षेपको अधिकत्तम ३ लाख रुपैयाँसम्म पूर्ण सुरक्षाको ग्यारेण्टी गरिएको छ ।

Esewa
Crest

निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार पाँच लाख रुपैयाँसम्मको निक्षेपको बीमा सम्बन्धी व्यवस्था असोज महिनादेखि लागू गर्ने तयारी गरिएको छ । नेपाल राष्ट्र बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् निक्षेप तथा कर्जा बीमाको व्यवस्था गर्दै आएको छ ।

निक्षेप सुरक्षण अर्थात् बीमा अन्तर्गत वित्तीय संकटमा परेर कुनै बैंक वा वित्तीय संस्था टाट पल्टिएको अवस्थामा सुरक्षण कोषले नै बैंक वा वित्तीय संस्थाको तर्फबाट निक्षेपकर्तालाई तीन लाख रुपैयाँसम्म भुक्तानी गरिदिन्छ । उदाहरणको लागी कुनै व्यक्तिले एउटा कुनै बैंकमा ५ लाख रुपैयाँ जम्मा गरेको छ भने बैंक वित्तीय संकटमा पर्यो भने सुरक्षण कोषले ३ लाख रुपैयाँ भुक्तानी गरिदिन्छ ।

असोजदेखि लागू गर्ने तयारी रहेको निक्षेप सुरक्षण अन्तर्गत अधिकत्तम पाँच लाख रुपैयाँसम्मको निक्षेपको ग्यारेण्टी सुरक्षण कोषले गर्नेछ । निक्षेप सुरक्षणको वापतको शुल्क प्रत्यक्षरुपमा निक्षेपकर्ता स्वयम्ले व्यहोर्नुपर्दैन । निक्षेपको बीमा गर्ने र बीमाशुल्क भुक्तानी गर्ने दायीत्व सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निहित रहेको हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको हकमा मात्र निक्षेप तथा कर्जाको बीमा अनिवार्य गरिएको हुँदा क देखि घ वर्गसम्मको बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले गरेको बचत मात्र सुरक्षित हुन्छ । सहकारी संस्थाहरुमा जम्मा गरिएको निक्षेपको बीमा गर्नुपर्ने व्यवस्था नभएकाले सहकारीमा गरेको बचत सबैभन्दा असुरक्षित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS