IME Life New

असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असार महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। मंगलबार बसेको बैंकर्स सँघको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९ दशलमव ९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए।

गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए। संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ। कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ।

Esewa
Crest

बैशाखमा नै निक्षेपको ब्याजदर घटेकोले असर महिनामा कर्जाको ब्याजदर भने घट्ने छ। नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS