IME Life New

अर्थमन्त्री र बैंकर्स विच भेटघाट, अर्थतन्त्रमा देखापरेका चुनौतीको समाधान गर्न एकजुट हुन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्स सँगको भेटघाटमा हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताएका छन् । उनले नेपाल बैंकर्स संघका पदाधिकारीहरु सँगको भेटघाटमा आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताएका छन् ।

आज संघका पदाधिकारीहरुले डा. महतलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । यहि अवधिमा अवसरमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए । यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाझै पूर्ण सहयोगको अपेक्षा रहेको बताएका थिए ।

Esewa
Crest

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS