IME Life New

अर्थमन्त्री भन्छन्, अहिलेसम्म विपत्ती परेकाे छैन, अब पनि नपर्ला भन्ने मान्यताले बीमा गरेकाे छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। अर्थमन्त्री डा‍. प्रकाश शरण महतले आफूले बीमा नै नगराएकाे खुलासा गरेका छन् । नेपाल इन्स्याेरेन्स डिस्काेर्ष नामक अन्तरकृया कार्यक्रमलाई म‌ंगलबार सम्बाेधन गर्ने क्रममा सहजकर्ताकाे जिज्ञासाकाे प्रतिकृयामा अर्थमन्त्री महतले आफूसँग जीवन बीमा र सम्पत्ती बीमा दुबै नभएकाे जानकारी गराएका हुन् ।

तपाईले जीवन बीमा गर्नु भएकाे छ भन्ने जिज्ञासामा उनले भने,मेरै पनि बीमा छैन । घरकाे पनि मेराे पहिला माओवादीले द्वन्द्वकालमा आगाे लगाई दियाे, क्षति व्यहाेरे, मैले सरकारसँग क्षतिपूर्ती मागिन, बीमा पनि थिएन ।

Esewa
Crest

बीमा नगराउनुकाे पछाडीकाे आम मानसिकताबारे चर्चा गर्दै अर्थमन्त्री महतले भने, चलि राछ, मलाई अहिलेसम्म केही भाछैन, अब पनि केही नहाेला भन्ने मान्यता छ। अर्थमन्त्री महतले सबैलाई सचेतनाकाे आवश्यकता रहेकाेमा जाेड दिंदै बीमा दाबीका बेला बीमकले दिने दुःखका कारण पनि बीमा प्रति विश्वसनीयता बढ्न नसकेकाे औंल्याए।

उनले भने, जुन बेला दाबी पर्छ त्याे प्राप्त गर्न, बीमकले दिन अत्यन्तै गाह्राे ।  हैरानी दुःख यति हुन्छन् कि दाबीबाट पाउने रकमभन्दा दाबी लिन गर्नुपर्ने पहल नै महँगाे भइदिन्छ। उनले बीमा जति धेरैले गर्छन् बीमा कम्पनीकाे लागत उति न्यून हुने तथ्य प्रति ध्यानाकर्षण गराउँदै बीमकलाई दाबी दिने मामिलामा कडिकडाउ गर्ने भन्दा पनि सहजीकरण गर्नेतर्फ लाग्न सुझाव दिए । अर्थमन्त्री महतले भने, दायीत्व आयाे भने जायज दाबीकाे तुरुन्तै भुक्तान दिनुभयाे भने बीमाकाे विश्वसनीयता र भाेल्युम(काराेबार) दुबै बढ्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS