IME Life New

अमेरिकी शेयर बजारमा भारी गिरावट, घट्यो कच्चा तेल र सुनको मूल्य पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी बजारमा मंगलबार भारी गिरावट आएको छ।

डाउ जोन्स ४५० अंक अर्थात १.१९ प्रतिशतले घटेको छ। नास्डकमा पनि ३०० अंक अर्थात १.५३ प्रतिशत र एस एन्ड पीमा १.२ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

यसैबीच कच्चा तेलको भाउमा भारी गिरावट आएको छ। कच्चा तेल झन्डै ९ महिनायताकै न्यून स्तरमा ओर्लिएको छ। मंगलबार ब्रेन्ट क्रुड ४.३५ प्रतिशतले घटेर प्रतिब्यारल ७४ डलरमा झरेको छ। अमेरिकी कच्चा तेल फ्युचर पनि १ प्रतिशतभन्दा बढीले घटेको छ। जुन गत वर्षको न्यून नजिक हो।

कच्चा तेलमा गिरावट आगामी हप्ताहरुमा ओपेक प्लसले उत्पादन वृद्धि गर्ने अनुमानले आएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पनि घटेको छ। सुनको भाउ मंगलबार २२ डलरले घटेर प्रतिऔँस २ हजार ४८० डलरभन्दा तल झरेको छ। योसँगै चाँदीको भाउमा पनि २.८० प्रतिशतले गिरावट आएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS