IME Life New

अमेरिकाको एउटा कदमले भारतलाई ४२ अर्बको झट्का, के हो मामिला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाले भारतबाट सबैभन्दा बढी झिँगे माछा आयात गथ्र्यो। तर, सन् २०१९ मा समुद्रबाट जंगली झिंगे माछा आयातमा प्रतिबन्ध लगाएको थियो।

भारतमा माछा मार्ने विधिका कारण सामुद्रिक कछुवा जालमा परेर घाइते भएको अमेरिकाको तर्क थियो। अमेरिकाको यो कदमका कारण भारतले विगत ५ वर्षमा ५० करोड डलर अर्थात् करिब भारु ४१ अर्ब ९७ करोडको नोक्सानी व्यहोरेको छ।

Esewa
Crest

एक प्रतिवेदनअनुसार भारतले अमेरिकाको आवश्यकताअनुरुप माछा मार्ने तरिका परिवर्तन गरिरहेको छ। यसका लागि अमेरिकाको नेसनल ओसिनिक एनड एटमोस्फेरिक एडमिनिस्ट्रेसनले एउटा डिजाइन स्वीकृत गरेको छ।

प्रतिवेदनका अनुसार माछा मार्ने डुंगामा टर्टल एक्सक्लुडर डिभाइस (टीईडी) जडान गरिनेछ। यसले समुद्री कछुवाहरुलाई जालमा फस्नबाट जोगाउनेछ। अब यो यन्त्रको प्रयोगलाई देशभर प्रवर्द्धन गर्ने भारत सरकारले तयारी गरिरहेको छ। यसका लागि भारतभरका माछा मार्नेलाई तालिम दिने धेरै व्यक्ति तयार भएका छन्।

प्रतिवेदनले भारतमा ह्वेल, डल्फिन र अन्य सामुद्रिक जीवको संरक्षणका लागि नियामक कार्यक्रम बनाउनुपर्ने जनाएको छ। यदि यसो गरिएन भने भविष्यमा अमेरिकाले समुद्रबाट समातिएका सबै उत्पादनको आयातमा प्रतिबन्ध लगाउन सक्छ।

अमेरिकाले भारतबाट सबैभन्दा बढी झिंगे माछा आयात गर्थ्यो। सरकारी तथ्यांकअनुसार अमेरिकाले सन् २०२३–२४ मा भारतबाट २ लाख ९७ हजार ५७१ मेट्रिक टन फ्रिज गरिएको झिंगे माछा आयात गरेको थियो। यस अवधिमा भारतको सिफुडको निर्यात अहिलेसम्मकै उच्च पुगेको हो।

अमेरिकापछि चीन, युरोपेली संघ, दक्षिण–पूर्वी एसिया, जापान र मध्यपूर्व भारतीय सिफुडका लागि सबैभन्दा ठूलो बजार हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS