IME Life New

अभिकर्ता कमिशनमा १७ प्रतिशतले गिरावट, ९ महिनामा ९ अर्ब कमाउदा कसको कति (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रथम बीमा शुल्क आर्जनमा भारि गिरावट सँगै अभिकर्ताको कमिशनमा पनि गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा जीवन बीमा कम्पनीका अभिकर्ताले ९ अर्ब १२ करोड रुपैयाँ कमिशन आर्जन गरेका छन् ।

जवकी गत वर्षको यहि अवधिमा अभिकर्ताहरुले १० अर्ब ९७ करोड रुपैयाँ कमिशन प्राप्त गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष १६.८४ प्रतिशतले घटेको हो । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन पनि २७.५९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २१ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेकोमा गत वर्षको यहि अवधिमा २९ अर्ब एक करोड रुपैयाँ आर्जन गरेका थिए ।

Esewa
Crest

जीवन बीमा कम्पनीका अभिकर्ताले प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै कमिशन प्राप्त गर्छन् । त्यस पछि दोस्रो वर्षको बीमा शुल्क आर्जनमा पहिलो वर्ष भन्दा केहि कम पाउछन् । र बाँकी ८ वर्षसम्ममा ५ प्रतिशतका दरले कमिशन प्राप्त गर्छन् । त्यसैले प्रथम बीमा शुल्क आर्जन जति धेरै बढ्यो कमिशन पनि त्यहि अनुपातमा बढ्छ ।  त्यसैले यस वर्ष अभिकर्ताको कमिशनमा भारी गिरावट देखिएको हो ।

यस वर्ष सर्वाधिक धेरै साविक यूनियन लाइफका अधिकर्ताको कमिशनमा गिरावट देखिएको छ । यूनियन लाइफका अभिकर्ताको कमिशन ३८.०७ प्रतिशतले घटेर ५८ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ । जवकी गत वर्षको यहि अवधिमा यूनियन लाइफका अभिकर्ताले ९३ करोड ७४ लाख रुपैयाँ आर्जन गरेका थिए ।

सर्वाधिक धेरै कमिशन नेपाल लाइफका अभिकर्ताले बुझेका छन् । नेपाल लाइफका अभिकर्ताले तेस्रो त्रैमाशिक अवधिमा २ अर्ब २३ करोड रुपैयाँ बीमा कमिशन आर्जन गरेका छन् । उक्त कमिशन गत वर्षको तुलनामा १५.१९ प्रतिशतले कमि हो । त्यस्तै नेपाल लाइफका अभिकर्ताले एक अर्ब ८ करोड रुपैयाँ आर्जन गरेका छन् । नेशनल लाइफको अभिकर्ता कमिशनमा खासै ठुलो गिरावट छैन ।

तेस्रो धेरै कमिशन एलआइसी नेपालका अभिकर्ताले एक अर्ब ५ करोड, सूर्यज्योति लाइफका अभिकर्ताले ६२ करोड ६४ लाख, युनियन लाइफका अभिकर्ताले ५८ करोड ५ लाख, एशियन लाइफका अभिकर्ताले ५२ करोड १७ लाख, सिटिजन लाइफका अभिकर्ताले ४९ करोड ५९ लाख, रिलायबल नेपालका अभिकर्ताले ३६ करोड ५३ लाख, मेट लाइफका अभिकर्ताले ३५ करोड २४ लाख,  आइएमई लाइफका अभिकर्ताले ३२ करवड ६२ लाख, सन नेपाल लाइफका अभिकर्ताले २५ करोड १८ लाख,  प्राइम लाइफका अभिकर्ताले २४ करोड ९५ लाख, गुराँस लाइफका अभिकर्ताले २३ करोड ५५ लाख, सानिमा रिलायन्स लाइफका अभिकर्ताले २२ करोड ९६ लाख, प्रभु लाइफका अभिकर्ताले २१ करोड ९ लाख, महालक्ष्मी लाइफका अभिकर्ताले १६ करोड ५० लाख र राष्ट्रिय बीमा संस्थानका अभिकर्ताले १३ करोड ७५ लाख ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS