IME Life New

अभिकर्ता इजाजत पत्रको अनलाइन परिक्षा आजदेखि शुरु हुँदै, कसरी सहभागी हुने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागी आज कात्तिक १७ गतेदेखि अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले पहिलो पटक आफैंले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्न लागेको हो ।

प्राधिकरणले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार चरणबद्धरुपमा सञ्चालन गरिने अनलाइन परिक्षामा एक पटकमा अधिकत्तम १०० जना परिक्षार्थीले मात्र सहभागीता जनाउन पाउने भएका छन् । परिक्षामा सहभागीताका लागी छनौट भएका परिक्षार्थीले परिक्षामा सहभागीताका लागी अनलाइन सिस्टमको लि‌ंक(कडी) उपलब्ध गराउनेछ । यस्तो लि‌ंकमार्फत् परिक्षाका लागी निर्धारित समयमा सहभागी भएर परिक्षार्थीले परिक्षा दिन पाउनेछन् ।

Esewa
Crest

परिक्षामा समान दुई अ‌ंक भारका ५० वटा वस्तुगत प्रश्न सोधिनेछन् । सोधिएको ५० वटा मध्ये कम्तीमा २५ वटा प्रश्नको सहि उत्तर दिएर ५० अ‌ंक प्राप्त गर्ने परिक्षार्थीले मात्र अभिकर्ता इजाजत पत्र लिन पाउनेछन् । प्रश्नको उत्तरका लागी परिक्षार्थीले प्राधिकरणले अनलाइनमा प्रश्न तालिका सँगै उपलब्ध गराउने चारवटा विकल्पमध्ये उत्कृष्ट विकल्प छनौट गर्नुपर्नेछ।

प्राधिकरणका अनुसार परिक्षा सञ्चालनका लागी आवश्यक प्राविधिक तयारी पुरा भइसकेको छ। प्राधिकरणले इजाजत पत्रका लागी प्रयोग हुँदै आएको साबिकको अनलाइन प्रणाली गत असोज २५ गतेदेखि बन्द गरेको थियो ।

परिक्षामा सहभागीता सम्बन्धमा प्राधिकरणले बीमकलाई दिएको निर्देशनका आधारमा अभिकर्ता इजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक प्रकृयाहरुलाई यहाँ बुँदागतरुपमा समेट्ने प्रयास गरिएको छः

  1. सर्वप्रथम् ईच्छुक व्यक्तिले इजाजत पत्रका लागी आवेदन फारम भरेर बीमकको शाखा, उपशाखा कार्यालयमा दर्ता गर्नुपर्नेछ।
  2. प्राप्त आवेदनका आधारमा बीमकले पूर्व निर्धारित समयमा ४ दिनसम्म परिक्षार्थीलाई बीमासम्बन्धी आधारभूत तालिममा सहभागी गराउनुपर्नेछ।
  3. तालिममा नियमित सहभागी भएका परिक्षार्थीबाट प्राप्त आवेदनका आधारमा बीमकले प्राधिकरणको नियामक सूचना प्रणालीमा परिक्षार्थी सम्बन्धी विवरण प्रविष्टी गर्नुपर्नेछ ।
  4. परिक्षार्थीको व्यक्तिगत विवरणको साथमा प्रवेशिका तहको लब्धांक पत्र, चारित्रिक प्रमाण पत्र, नागरिकता प्रमाण पत्र, करदाता परिचय पत्र (प्यान कार्ड) स्क्यान गरेर वा फाेटो अपलोड गर्नुपर्नेछ। (साबिकको अनलाइन विधिमा अभिकर्ता इजाजत पत्र परिक्षाको लब्धा‌ंक पत्र बीमक स्वयमले नै सूचना प्रणालीमा प्रविष्टी गर्दै आएकोमा अब देखि प्राधिकरणले यो अधिकार आफूमा सीमित गरेको छ।)
  5. बीमकले प्रविष्टी गरेको विवरण र प्रमाण ठीक दुरुस्त छ भने सम्बन्धित परिक्षार्थीको माेबाइल नम्बरमा एसएमएसमार्फत् ओटिपी कोड प्राप्त हुनेछ।
  6. ओटिपी कोड प्राप्त भएपछि परिक्षार्थीले सूचना प्रणालीमा दिइएको मध्ये आफूलाई पायक पर्ने परिक्षा मिति चयन गर्नुपर्नेछ।
  7. परिक्षा मिति चयन गर्न आफू आबद्ध हुन चाहेको बीमकको नाम समेत परिक्षार्थीले चयन गर्नुपर्नेछ।
  8. परिक्षा मिति चयनको समयमा दर्ता शुल्क र इजाजत पत्र परिक्षा शुल्क वापत ५ सयका दरले जम्मा रु‍. १,००० परिक्षार्थीले भुक्तानी गर्नुपर्नेछ । यो शुल्क कनेक्ट आइपिएस, ईसेवा वा खल्ती वालेटका माध्यमबाट अनलाइनमार्फत् नै भुक्तानी गर्न सकिन्छ। शुल्क जम्मा गरिसकेपछि परिक्षा मिति निश्चित हुनेछ ।
  9. परिक्षार्थीले परिक्षामा सहभागीताका लागी प्राप्त हुने लि‌ंक, प्रयोगकर्ता आइडी र पासवर्ड सुरक्षित राख्नुपर्छ।
  10. परिक्षाको लागी तोकिएको समय र मितिमा लि‌ंकमार्फत् परिक्षामा सहभागीता जनाउनुपर्नेछ।
  11. परिक्षामा प्रत्येक प्रश्नको उत्तरका लागी ४ वटा विकल्प उपलब्ध हुनेछ। उत्तर दि‌ंदा उल्लेखित विकल्पमध्ये सर्वोत्तम विकल्प चयन गर्नुपर्नेछ।
  12. परिक्षामा ५० वटा प्रश्नहरू साेधिनेछन् । प्रत्येक प्रश्न २ अंकको हुनेछ।
  13. परिक्षामा उतीर्ण हुनका लागी कम्तीमा २५ वटा प्रश्नको सहि उत्तर छनाैट गर्नुपर्नेछ।
  14. अनलाइन परिक्षामा उतीर्णा‌ङ्क प्राप्त गर्ने परिक्षार्थीको नामावली प्राधिकरणले प्रकाशन गर्नेछ।
  15. प्रकाशित नामावलीका आधारमा परिक्षार्थीलाई प्राधिकरणले अनलाइनबाटै अभिकर्ता इजाजत पत्र र इजाजत पत्र नम्बर उपलब्ध गराउनेछ।
  16. यसरी इजाजत पत्र प्राप्त गरेको मितिदेखि सम्बन्धित परिक्षार्थीले अभिकर्ताको हैसियतमा रहेर काम गर्न पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS