IME Life New

अभिकर्तालाई आफ्नो एकाघर परिवारको बीमा गर्न प्रतिबन्ध, सर्भेयरको सम्पत्ती बीमा पनि गर्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घरपरिवारका सदस्यको बीमा गर्दै अभिकर्ता पेशामा प्रवेश गर्न चाहने व्यक्तिहरूलाई पेशा प्रवेशमा अंकुश लगाई दिएको छ।बीमकको संस्थागत सुशासन निर्देशिका २०८० जारी गर्दै प्राधिकरणले बीमा अभिकर्ताले आफू अभिकर्ता भई एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने प्रावधान समावेश गरेको हो ।

निर्देशिकाको परिच्छेद ७ अन्तर्गत दफा ३६ को उपदफा ३ मा उल्लेखित प्रावधानले पहिले घरबाटै बीमा गरेर अभिकर्ता पेशाको शुरूवात गर्नुहोस् भन्दै आएका बीमकलाई अप्ठेरो पारिदिने भएको हो । यसबाहेक आफू वा परिवारका सदस्यको बीमावापत प्राप्त हुने कमिशनबाट आफैंले लाभ लिने मनशाय राखेर अभिकर्ता इजाजत पत्र लिनेलाई शुरूवातमै बर्जित गरिदिएको छ।

Esewa
Crest

निर्देशिकाको दफा २ मा बीमकले आफ्नो तर्फबाट सर्वेक्षण कार्य गरिरहेको बीमा सर्भेयर तथा आफ्नो व्यवसायसँग सम्बन्धित बीमा दलालको कुनैपनि सम्पत्ती वा दायीत्वको बीमा गर्न पाउनेछैन भन्ने प्रावधान समावेश गरिएको छ। यो प्रावधानले अब निर्जीवन बीमकलाई आफ्नो अभिकर्ता वा सर्भेयरको सम्पत्ती वा दायीत्वको जोखिम बहन गर्न बर्जित गरिदिएको छ।

पेशागत अभिकर्ता संघका महासचिव ओम केसीले परिवारबाटै बीमा शुरू गर्नुहोस् भनेर सिकाएको प्राधिकरणले ल्याएको नयाँ प्रावधानले बीमा व्यवसाय वृद्धिमा अंकुश लगाउने प्रतिकृया दिए ।  यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,उनले भने, संघका पदाधिकारीसँग छलफल गरेर आवश्यक निर्णय लिनेछाैं ।

अभिकर्ताहरूका अनुसार गैर व्यवसायीक प्रवृत्तीका अभिकर्ताको प्रवेश नियन्त्रण गर्न अंकुश लगाउने उद्देश्यले प्राधिकरणले यो प्रावधान ल्याएको भएपनि नेपालको बीमा बजार यसका लागि तयार भइ नसकेको प्रतिकृया दिएका छन् । उनीहरूको भनाइमा, मुश्किलले ३० प्रतिशत जनसंख्या बीमाको सुरक्षाभित्र समेटिएको अवस्थामा यस्ता प्रावधानले बीमाको विस्तारमा बाधक बन्न सक्छ।

अभिकर्तालाई तालिम दिने क्रममा नै आफूबाटै बीमा शुरू गर्नुहोस् भनेर सिकाउँछाैं,एकजना अभिकर्ताले भने, पहिले परिवारले विश्वास गरेन भने बाहिरकाले कसरी विश्वास गर्छन्। इन्स्योरेन्स खबरले गरेका अभिकर्तासँगको अन्तरवार्ताका क्रममा अधिकांश सफल अभिकर्ताले परिवारका सदस्य वा आफन्तजनको बीमाबाटै जीवन बीमा अभिकर्ताको पेशा शुरूवात गरेको बताएका थिए ।

अभिकर्ताको हैसियतमा आफ्नो वा परिवारको बीमा गर्दा पाइने कमिशन रकमले बीमितलाइ बीमाशुल्क भुक्तानी गर्न सहज बनाउँदै आएको थियो । कमिशनवापतको रकमका कारण अभिकर्ताले आफ्ना लागि ठूलो बीमाङ्कको बीमा गर्न सहज हुने गरेको थियो ।

जीवन बीमा कम्पनीहरूले पारिवारिक सदस्यको बीमाबाट शुरूवात गरेका अभिकर्तामध्ये अधिकांश अभिकर्ता एक वा दुइ वटा बीमालेखको बिक्री पछि निष्कृय हुने गरेको दाबी गरेका छन् ।

निर्देशिकाले बीमकले अभिकर्ता, कर्मचारी वा सञ्चालक, सर्वेयर, बीमा दलालको १ करोड रूपैयाँ बीमाङ्क सम्मको जीवन बीमा गर्न पाउने साबिकको प्रावधानलाइ निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

55%
sad

दु :खी

8%
amazed

अचम्मित

3%
excited

उत्साहित

16%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS