IME Life New

‘अभिकर्ताको माग प्रति जीवन बीमक सकारात्मक, जायज मागको पक्षमा उभिने आश्वासन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल र जीवन बीमक संघका प्रतिनिधिबीच बीमा नियमावली २०८० को मस्यौदा सम्बन्धमा मंगलबार छलफल भएको छ। छलफलमा अभिकर्ता संघका प्रतिनिधिले आफ्ना १७ बुँदे मागको सम्बन्धमा जीवन बीमक संघको ध्यानाकर्षण गराएका थिए ।

अभिकर्ता प्रतिनिधिले नियमावलीको मस्यौदामा अभिकर्ताको सुविधा संकुचित गर्ने र पेशाबाट विमूख गर्ने प्रावधान खारेजीका लागि बीमक संघको तर्फबाट संस्थागत समर्थनका लागि अनुरोध गरेका थिए ।

Esewa
Crest

दुबै पक्षबीच भएको बुँदागत छलफलका क्रममा प्रत्यक्ष बीमामा छुटको प्रावधानले बीमाको बजार बिग्रिन्छ भन्दै अभिकर्ताहरूको पक्षमा नै रहेको आश्वासन दिएका थिए ।

छलफलका क्रममा बीमक संघका प्रतिनिधिले नियमावलीको मस्यौदामा अभिकर्ताको सुविधा र योग्यता सम्बन्धि प्रावधानबारे संघको पनि चासो रहेको प्रतिकृया दिएका थिए । प्रत्यक्ष बीमामा ८ प्रतिशत छुट दिने प्रावधान अहिले उपयुक्त नभएको भन्दै हाललाई एक दुई प्रतिशतबाट शुरू गरेर बिस्तारै वृद्धि गर्दै लैजानु उपयुक्त हुने उनीहरूको धारणा थियो ।

स्वास्थ्य उपचार र बीमा, छुट सुविधा उपभोगका लागि नभएर आवश्यक्ताका कारण गरिने भएकाले छुट आवश्यक नभएको अभिकर्ता संघका प्रतिनिधिको भनाई थियो ।करिब २ घण्टासम्म भएको छलफलका क्रममा स्वतन्त्र पेशाका रूपमा रहेको अभिकर्ता पेशालाई नियमावलीका माध्यमबाट बेतलबी जागिरे कर्मचारीकारूपमा संकुचित गर्न खोजेको गुनासो गरेका थिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा नियमावलीको मस्याैदामा अभिकर्ताको योग्यता, इजाजत पत्र नविकरण, अभिकर्ताको सुविधा, कमिशन, प्रोत्साहन, इजाजत पत्रको निरन्तरता, बीमकसँगको आबद्धता, शैक्षिक योग्यता लगायतको विषयमा विवादास्पद प्रावधान समेटिएको भन्दै मस्याैदामा समेटिएका यी प्रावधानहरू सच्याउन माग गरेको छ। यस विषयमा संघले नेपाल बीमा प्राधिकरणमार्फत् नेपाल सरकारको समेत ध्यानाकर्षण गराएको छ।

छलफलमा सहभागि अभिकर्ता संघका महासचिव ओम केसीले अभिकर्ताको माग प्रति बीमकको तर्फबाट पूर्ण समर्थनसँगै आवश्यक परेका बेला सँगै उभिने आश्वासन संघका प्रतिनिधिबाट प्राप्त भएको जानकारी दिएका छन् ।

छलफलमा जीवन बीमक संघका अध्यक्ष पोषक राज पाैडेल, उपाध्यक्ष प्रविन रमण पराजुली, महासचिव प्रकाश विक्रम खत्री, कोषाध्यक्ष दिनेश लाल श्रेष्ठ, सदस्य मनोजलाल कर्णको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS