IME Life New

अभिकर्ताकाे डाटा बेस आफैंसँग राखेर बीमा प्राधिकरणले बीमकलाई किन लगायाे झण्झटिलाे काम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ काे प्रावधान उद्घृत गर्दै सबै आफ्ना सबै अभिकर्तालाई कुनै एक बीमककाे छनाैट गर्न लगाएर साेकाे विवरण पेश गर्न निर्देशन जारी गरेकाे छ ।

समितिका कार्यकारी निर्देशक राजु रमण पाैडेलले हस्ताक्षर गरेकाे पत्रमा बीमा ऐन २०७९ काे दफा ९१ काे उपदफा ७ बमाेजिम बीमा अभिकर्ता इजाजत पत्र दि‌ंदा समान किसिमकाे एउटा मात्र बीमककाे बीमा अभिकर्ताकाे इजाजत पत्र दिइनेछ भन्ने व्यवस्था रहेकाे हुँदा बीमकमा आबद्ध अभिकर्तालाई स्वेच्छिक छनाैट गराई कुनै एक बीमककाे अभिकर्ता भई कार्य गराउन निर्देशन दिइएकाे छ ।

Esewa
Crest

प्राधिकरणकाे नेतृत्वले यस्ताे पत्र जारी गर्नु अघि व्यवहारिकरुपमा निर्देशन कार्यान्वयन गर्न कतिकाे सहज छ भन्ने पक्षलाई पुरै नजर अन्दाज गरेकाे छ । लाइसेन्स विभागमा कार्यरत एकजना सहायक प्रबन्धकले भने, ”प्राधिकरणकाे निर्देशन अनुसार सबै बीमा कम्पनीले एक हजारदेखि २५ हजारकाे स‌ंख्यामा रहेका आफ्ना प्रत्येक अभिकर्तालाई  सम्पर्क गरेर ‘कि त हामीलाई राेज कि त छाेडेर जाउ’ भन्ने अनुराेध गर्न संभव छैन ।”

बीमा प्राधिकरणले जारी गरेकाे तथ्यांक अनुसार यस वर्ष जीवन बीमा कम्पनीहरुमा कार्यरतमध्ये जम्मा १ लाख ४४ हजार ६५४ जनाकाे इजाजत पत्र मात्र नविकरण भएकाे छ । एउटा बीमककाे १ हजारदेखि २४ हजारसम्म अभिकर्ताले इजाजत पत्र नविकरण गराएका छन् । प्राधिकरणकाे निर्देशन कार्यान्वयनका लागी सीमित जनशक्तिबीच सेवाग्राहीलाई सेवा प्रदान गर्नुपर्ने बाध्यतामा रहेकाे जीवन बीमा कम्पनीले कति जना जनशक्ति प्रयाेग गरेर दुई सातामा अभिकर्ताकाे इच्छा निश्चित गर्न कतिकाे सहज हुनेछ ?

प्राधिकरणसँगै छ समाधानकाे साँचाेः

नेपाल बीमा प्राधिकरणले नयाँ बीमा ऐनमा उल्लेखित अभिकर्ता सम्बन्धी व्यवस्था आफै‌ंले भने सहजैरूपमा कार्यान्वयन गर्न सक्छ । प्राधिकरणले अभिकर्ता इजाजत पत्र नविकरण गर्ने प्रयाेजनकाे लागी प्रयाेगमा ल्याएकाे पाेर्टलमा अभिकर्ता स्वयमले अहिले संचालनमा रहेका १९ जीवन बीमा कम्पनी र निर्जीवन बीमककाे हकमा १८ वटा निर्जीवन बीमा कम्पनीमध्ये कुनै एक कम्पनी छनाैट गर्ने विकल्प सहजै उपलब्ध गराउन सक्छ । नियामककाे हैसियतबाट प्राधिकरणले निश्चित समयसीमा ताेकेरै यसरी छनाैटकाे विकल्प अभिकर्ताहरूलाई उपलब्ध गराउँदा छिटाे छरिताेरुपमा अभिकर्ताले बीमक छनाैट गर्ने र साेकाे अध्यावधिक विवरण स्वयम् प्राधिकरणकै तथ्या‌ंक भण्डारमा सुरक्षितरूपमा संग्रहित पनि हुनेछ ।

अभिकर्ताले ताेकिएकाे समयावधिभित्र बीमककाे छनाैट गरि सकेपछि सम्बन्धित बीमकलाई प्राधिकरणले उपलब्ध गराएकाे अभिकर्ता इजाजत पत्र व्यवस्थापन सम्बन्धी पाेर्टलकाे युजर नेम र पासवर्डकाे माध्यमबाट आफूसँग काम गर्न इच्छुककाे नामावली र अभिकर्ता स‌ंकेत नम्बरमा पहुँच दिन पनि संभव छ ।

अभिकर्ता इजाजत पत्र सम्बन्धी अरू के छन् प्रावधान ?

बीमा ऐनको दफा ९३ को उपदफा ७ अनुसार लघुबीमा सम्बन्धी कार्य गर्ने बीमा अभिकर्ताले एक भन्दा बढी बीमकको लघु बीमा अभिकर्ता भइ कार्य गर्न सक्नेछन् । दफा ९३ कै उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था छ । तर जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भइ कार्य गर्न भने पाउनेछन् । त्यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

10%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS