IME Life New

अब सबै लघुवित्तलाई ऋणपत्र निष्काशनको बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै लघुवित्तलाई ऋणपत्र निष्काशनको बाटो खुला गरेको छ । अब सबै लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गर्दै सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने ब्यबस्था गरेको हो ।

मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै यस्तो जनाएको छ । जस अनुसार अब लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने छन् ।

Esewa
Crest

सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्न सक्नेछन्। यस अघि थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र  सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने ब्यबस्था थियो । अब सबैले पाउने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS