IME Life New

अब ज्योति विकास बैंकको कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले एटिएम कार्ड बिना नै रकम निकाल्न सकिने सेवाको सुरुवात गरेको छ । बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको हो।

बैंकका अनुसार यस सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटिपी कोडलाई एटिएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ।

Esewa
Crest

बैंकको मोबाइल बैकिङ एप तथा वेब ब्राउजर मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको यो सुविधा प्रयोग गर्नका लागि Jyoti Smart प्रयोगकर्ताहरूले एप भित्र रहेको Payment आइकनमा थिचे पछि देखिने Cardless Withdrawal आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई Cardless Transaction  चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम( मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ओटिपी कोड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS