IME Life New

अब जथाभावी बोलेर बीमितलाई झुक्याउन नपाई, बीमाको ब्रोसरमै हुनेछ बोनश गणनाको जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बचत प्रकृतीका युनिभर्सल बीमालेखको प्रतिफल दर तालिका सहित बीमालेख बिक्री गर्न जीवन बीमकलाई निर्देशन दिएको छ। बीमितको साक्षरता र बीमालेखको प्रतिफल सम्बन्धमा पारदर्शिताका लागि प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

बीमाङ्कको अतिरिक्त प्रतिफल(बोनश) समेत प्राप्त हुने अनि बीमा अवधि पुरा भएपछि पनि बीमित जीवित रहुञ्जेल बीमाको जोखिम बहन र भुक्तानीको सुविधा कायम रहने बीमालेखलाइ युनिभर्सल बीमालेख भनिन्छ।

Esewa
Crest

यो निर्देशनसँगै अब सबै जीवन बीमकले बचत प्रकृतीका युनिभर्सल बीमालेख बिक्री गर्दा बीमालेखको प्रचार सामाग्री (ब्रोसर) मा समेत प्रतिफल दर गणना तालिका समावेश गर्नुपर्ने भएको छ। प्रतिफल दरका अतिरिक्त दुर्घटना मृत्यु लाभ वा अन्य अतिरिक्त लाभवापत बीमाङ्कको कति प्रतिशत रकम थप दाबी भुक्तानी प्राप्त हुन्छ भन्ने जानकारी समेत बीमितलाई तालिकामार्फत् नै दिनुपर्नेछ।

प्राधिकरणले जारी गरेको परिपत्र अनुसार जीवन बीमकले बीमालेख बिक्री गर्नुपूर्व अनुमानित प्रतिफल दर सहितको तालिका बीमितलाई अनिवार्य हस्तान्तरण गरेर बीमितले भविष्यमा प्राप्त गर्ने प्रतिफलको अनुमानित रकमबारे स्पष्ट जानकारी गराउनुपर्नेछ ।

अभिकर्ताले फैलाई दिएको भ्रमका कारण डब्बल भु्क्तानीको ह्याङओभर अझै बाँकी

यसबाहेक बीमालेख बिक्री गरि सकेपछि प्रत्येक वर्ष बीमकले बीमितलाई बीमितले प्राप्त गर्ने अनुमानित प्रतिफल दर र बोनश रकमको बारेमा जानकारी गराउनुपर्नेछ। यस्तो जानकारी बीमकले सम्बन्धित बीमितको इमेल ठेगानामा पठाउनुपर्नेछ । बीमितले माग गरेको अवस्थामा प्रतिफल दर तालिकाको मुद्रित प्रति समेत बीमकले उपलब्ध गराउनुपर्ने भएको छ ।

बीमाङ्कको ”डब्बल” रकम भुक्तानी पाइने भन्दै अभिकर्ता र बीमकका कर्मचारीले झुक्याएर बीमालेख बिक्री गर्ने गलत प्रवृत्तीमा अंकुश लगाउन प्राधिकरणको यो पहलले थोरै भएपनि सहयोग पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%
happy

खुसी

8%
sad

दु :खी

15%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS