IME Life New

अबदेखि ब्याज छुटकाे लाभ जुनसुकै अवधिकाे व्यतित बीमालेखले पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७९ जारी गरेपछि व्यतित बीमालेख पुनर्जागरण गर्न जीवन बीमा कम्पनीहरूलाई सहज हुने भएकाे छ। बीमालेख व्यतित भएकाे अवस्थामा रहेका सबै बीमालेखकाे बीमितले ब्याज छुटकाे लाभ लिन पाउने भएका छन् ।

जीवन बीमालेख निर्देशिका २०७८ काे दफा ११ काे उपदफा ३ मा ब्याज छुट प्रयाेजनका लागी दुई वर्ष अगाडीदेखि (पछि प्राधिकरणले परिपत्र जारी गर्दै थप दुई वर्ष यता भनि परिभाषित गरेकाे) व्यतित बीमालेखहरुलाई मात्र पुनर्जागरण गर्न सकिने प्रावधान थियाे । साेमबार सार्वजनिक गरिएकाे बीमालेख निर्देशिका २०७९ काे दफा ११ बाट यसअघिकाे निर्देशिकामा उल्लेखित २ वर्षे बन्देजात्मक प्रावधान हटाइएकाे छ। अब जीवन बीमा कम्पनीले पूर्ण व्यतित भएकाे अर्थात् बीमाशुल्क किस्ता भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेर बीमा अवधि पुरा नभएसम्म जति सुकै अवधिकाे व्यतित जीवन बीमालेखकाे पुनर्जागरणमा समेत ब्याज छुटकाे याेजना ल्याउन सक्ने भएका छन् ।

Esewa
Crest

यसअघिकाे प्रावधानका कारण दुई वर्ष भन्दा पहिले देखि नै व्यतित अवस्थामा रहेकाे बीमालेखकाे धारक बीमितले प्राप्त गर्ने बाेनश रकम भन्दा ब्याज हर्जाना धेरै तिर्नुपर्ने अवस्थाका कारण बीमालेख पुनर्जागरण खासै उत्साह देखिएकाे थिएन।

जीवन बीमा कम्पनीहरुले बीमालेख व्यतित अवधिकाे आधारमा २५ देखि शत प्रतिशतसम्म ब्याज छुटकाे घाेषणा गर्दै बीमालेख पुनर्जागरणका लागी पुराना बीमितलाई प्राेत्साहित गर्दै आएका छन् ।

जीवन बीमालेख निर्देशिका २०७८ काे दफा ११ काे उपदफा ५ मा बीमालेख व्यतित भएकाे ५ वर्षसम्म पनि पुनर्जागरण नगर्ने बीमितकाे नाममा नयाँ बीमालेख जारी गर्न नपाइने प्रावधान समेत नयाँ निर्देशिकाले खारेज गरेकाे छ। प्रावधान खारेजीसँगै अब कुनै बीमितकाे नाममा जतिसुकै अवधिदेखि बीमालेख व्यतित भए पनि नयाँ बीमालेख जारी गर्नका लागी जीवन बीमा कम्पनीलाई बन्देज हुनेछैन ।

चुक्ता बीमालेख सम्बन्धी प्रावधान निर्देशिकामै समेटियाेः

प्राधिकरणले जीवन बीमालेख स्वतः चुक्ता बीमालेखमा परिणत हुने प्रावधान समेत बीमालेख निर्देशिका २०७९ मै समेटेर यसअघि चुक्ता मूल्यलाई लिएर बीमित र बीमकबीच रहँदै आएकाे मतभेद अन्त्य गरिदिएकाे छ। प्राधिकरणले जारी गरेकाे नयाँ निर्देशिकाकाे दफा १२ मा चुक्ता मूल्य सम्बन्धि प्रावधानमा दुई वर्षकाे पूर्ण बीमाशुल्क भुक्तानी भइसकेकाे बीमालेखकाे कुनै बीमाशुल्क माेहलत अवधिकाे अन्त्यसम्ममा पनि बीमाशुल्क भुक्तानी नभई वक्याैता रहेमा त्यस्ताे बीमालेख चुक्ता बीमालेखमा स्वतः परिणत हुने प्रावधान समावेश गरिएकाे छ। यस्ताे चुक्ता बीमालेखकाे बीमाङ्क बीमा प्राधिकरणले स्वीकृत गरेको गणना विधि अनुसार निर्धारण गर्नुपर्ने र चुक्ता बीमालेखकाे बीमाङ्क रकम बीमालेखको अवधिभित्र बीमित जीवित रहेमा बीमालेख बीमालेख परिपक्व हुने मितिमा वा बीमितकाे मृत्यु भएमा बीमितकाे कानूनी हकवालालाई भुक्तानी गर्नुपर्ने प्रावधान नयाँ निर्देशिकामा छ।

यसअघि जीवन बीमा कम्पनीहरुले कुनै पनि जीवन बीमालेख समर्पण मूल्य प्राप्त गर्न याेग्य हुने अवधि अर्थात ३ वर्षकाे बीमाशुल्क पुरा भएकाे बीमालेखलाई आधार मानेर चुक्ता बीमालेखमा परिणत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

4%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS