IME Life New

अबदेखि आइपीओ भर्दा एनएमबि बैंकले आश्वा शुल्क नलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा आवेदन गर्दा शेयर परे पनि नपरेपनि सर्वसाधारणबाट प्रति आवेदन १० देखि २० रुपैयाँसम्म शुल्क लिंदै आएका छन् । तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको भन्दै सर्वसाधारण लगानीकर्ताहरुले संगठितरुपमै निःशुल्क सेवा प्रदान गर्नको लागी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए । सोही अनुरुप कुनै बैंकले ५ रुपैयाँ शुल्क लिँदै आएका छन् भने कुनै बैंकहरुले निःशुल्क सेवा दिने जनाएका छन् ।

Esewa
Crest

अब एनएमबि बैंकले आइपीओ भर्दा लाग्ने कुनै पनि शुल्क नलिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS