IME Life New

अन्तर आवद्धता सहितको नेपाल पे क्यूआर सेवा कृषि विकास बैंकबाट सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आवद्धता सहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । ग्राहकबाट हुने रकमान्तर तथा विभिन्न किसिमको बिल भुक्तानीको लागि यो सेवा विश्वसनिय तथा सरल रहेको छ । साथै यस्तो सेवामार्फत भएको कारोवारहरुमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ ।

कृषि बिकास बैंकको मुख्य कार्यालयमा भएको एक कार्यक्रमको बीच कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले सयुक्त रुपमा बैंकको मोबाइल बैंकिंग बाट कारोबार गरि उक्त सेवाको शुभारम्भ गरेका छन् ।

Esewa
Crest

यस सेवाको सुरुवात पश्चात कृषि विकास बैंकको मोवाइल बैंकिङबाट नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको क्युआरमा कारोवार गर्न सहज भएको छ भने बैंकले नियुक्त गरेका विभिन्न ब्यबसायिक संघ संस्था तथा प्रतिनिधिहरुले सरल तथा सहज तरिकाले भुक्तानी स्वीकार गर्न सकिने भएको छ ।

यस सेवाको शूरूवात पश्चात कृषि विकास बैंकमा खाता रहेका व्यवसयिक संस्थाहरूको खातामा बैंक तथा नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको मोबाइल एप्लिकेशन मार्फत सहज तथा सरल तवरले कारोवार गर्न सकिने सुविधा रहेको र यस्ता कार्यले भुक्तानी कारोवारको कारोवार लागतको न्यूनिकरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङ्ले बताए ।

उक्त कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएका विभिन्न सेवाहरु बैंकका विभिन्न डिजिटल सेवाहरुसंग आबद्ध गरेमा बैंकले प्राप्त गर्ने अवसरको बारेमा चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS