IME Life New

अन्तर्राष्ट्रिय महिला दिवसः महिला सशक्तिकरणका लागी बीमा क्षेत्र उपयुक्त मञ्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । आज मार्च ८ तारेख । अन्तर्राष्ट्रिय महिला दिवस । सामाजिक आर्थिक सा‌ंस्कृतिक र राजनीतिक क्षेत्रमा हासिल गरेकाे उपलब्धीकाे सम्मानका लागी आजकाे दिन विश्वभर महिला दिवस मनाइएकाे हाे । समानतलाई अंगाल नाराका साथ यस वर्षकाे महिला दिवस मनाइदैंछ।

महिला सशक्तिकरणका लागी महिलाई पुरुष सरह अवसर प्रदान गर्ने र उनीहरुकाे पनि उचित प्रतिनिधित्व गराउने विषय वर्षाै‌देखि मुखरित हुँदै आएपनि महिलाविरुद्धकाे हि‌ंसा र लैंगिक विभेदकाे मुद्दा अहिले पनि ज्वलन्त रहेकाे छ।

Esewa
Crest

महिला सशक्तिकरणका लागी बीमा क्षेत्र एउटा खुला अवसर सहितकाे क्षेत्र हाे । बीमा क्षेत्रले अभिकर्ता महिलाका लागी समान अवसर प्रदान गरेकाे छ। बीमा क्षेत्रमा व्यक्तित्व विकासकाे अवसर पाएर महिला अभिकर्ताहरु मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) जस्ताे अन्तर्राष्ट्रिय संगठनमा आबद्ध हुने र अन्तर्राष्ट्रिय म‌ञ्चमा समेत उभिने अवसर पाएका छन् ।

नेपाली समाजमा बहुसंख्यक महिलाहरू गृहणीकाेरूपमा आफ्नाे याेगदान दिइरहेका हुन्छन् । धेरैजसाे समय घरधन्दामै दिनुपर्ने भएकाले घरबाहिर गएर नियमित समय छुट्याउँदै जागिरे जीवन बिताउन अधिका‌ंश विवाहित महिलाका लागी सहज हुँदैन । बीमा अभिकर्ता पेशामा संलग्न भएर आफ्नाे टाेल छिमेकमा परिचित व्यक्तिहरुबीच नै भएपनि बीमा प्रवर्द्धन गरेर आर्थिक आर्जनकाे शुरुवात गर्न सकिन्छ। महिला सशक्तिकरणका लागी उनीहरु आर्थिकरुपमा आत्मनिर्भर हुनु अनिवार्य शर्त हाे । जीवन बीमा अभिकर्ताले एक पटक गरेकाे मिहिनेतले कम्तीमा १० वर्षसम्म वार्षिकरुपमा प्रतिफल सुनिश्चित गर्ने भएकाले कुनै कारणवश महिला अभिकर्ताले याे पेशाबाट विमूख भएपनि पुनः सकृय हुनका लागी आकर्षण कायमै रहन्छ।

महिला अभिकर्ताकाे रुपमा याे पेशामा स‌ंलग्न हुँदा महिलाले आय आर्जनकाे अवसरसँगै आफ्नाे व्यक्तित्व प्रष्फुटनकाे लागी समेत पर्याप्त अवसर पाएका छन् । जीविकाेपार्जनका लागी घरपरिवारलाई आर्थिकरुपमा सहयाेग गर्न सक्षम भएका छन् । अभिकर्ताहरुकाे स्थानीय प्रादेशिक र राष्ट्रिय स‌ंजालमा आबद्धता जनाएर नेतृत्व क्षमताकाे विकासकाे अवसर समेत बीमा क्षेत्रले प्रदान गरेकाे छ। यसबाहेक आवधिकरुपमा आयाेजना हुने बीमा अभिकर्ताहरुकाे सम्मेलन र सम्मान कार्यक्रममा सहभागीता जनाउने अवसर पाउँदा आफ्नाे सामाजिक पहिचान बिस्तार र अझै ठूलाे समुदायकाबीच परिचित हुने अवसर समेत पाइ रहेका हुन्छन् ।

बीमा अभिकर्ताबाहेक बीमा नियामक नेपाल बीमा प्राधिकरण अन्तर्राष्ट्रिय बीमा दलाल कम्पनी जीवन र निर्जीवन बीमा कम्पनीकाे साथै पूनर्बीमा कम्पनीमा पनि उच्च व्यवस्थापन तहमा रहेर महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS