IME Life New

अनावश्यक गफ दिएर बीमा गराएको भए यो पेशाबाट उहिले नै पलायन हुन्थे : यमलाल भुषाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अर्घाखाँची। अर्घाखाँची जिल्लामा बीमा अभिकर्ताको कुरा आउँदा सबैले चिन्ने नाम बनाउन सफल यमलाल भुषाल विगत पाँच वर्षदेखि यो पेसामा सक्रिय छन् ।  हाल उनी प्राइम लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । आफ्नै परिवारबाट बीमा गराउन शुरु गरेका भुषालले अहिले आफ्नै एजेन्सी कार्यालय खोलेर काम गर्दा बीमा गराउन र जनताको मन जित्न सहज भएको बताउँछन् । गल्ला व्यवसायसँगै अभिकर्ता बन्दा भुषालको जीवनमा निकै ठूलो परिवर्तन आएको छ । आर्थिक हिसाबले निकै राम्रो प्रतिफल प्राप्त भएको छ र व्यक्तित्व विकास पनि ठूलो टेवा मिलेको भुषाल बताउँछन् ।

बीमा गर्ने नखोज्ने  ग्राहकसँग रिसाउने होइन की राम्रो व्यवहार गर्नु पर्छ । कुनै दिन ती व्यक्तिले बीमा गर्नु पर्छ भनेर बीमाको महत्व बुझे भने तपाईसँगै बीमा गर्न आउँछन

Esewa
Crest

गल्ला व्यवसायका कारणले धेरै व्यक्तिहरुसँग राम्रो चिनजान र परिचय भएका भुषाललाई त्यही कुराले बीमा अभिकर्ता बन्न प्ररित गर्यो । राम्रो नेटवर्कले गर्दा भुषाललाई बिमित सम्म पुग्न निकै सहज भयो र बीमितलाई बीमाको बारेमा बुझाउन झनै सजिलो  ।

उनी सफल हुनुमा बीमाको राम्रो ज्ञान हुनु नै प्रमुख तत्व ठानेका छन् । भुषालका अनुसार ” एउटा सफल अभिकर्ता बन्न बीमाका तालिमहरु लिने, गोष्ठी हरुमा सहभागी हुने, सभाहरुमा जाने गर्नु पर्छ किनकी अभिकर्ताले बीमा क्षेत्रको पूर्ण ज्ञान लिए पछि मात्र सफल अभिकर्ता बन्न सकिन्छ। ”

त्यस्तै उनी सफल अभिकर्ता हुनुमा बीमितलाई साचो र सत्य कुरा गर्ने प्रवित्तिलाई पनि अर्को तत्व मान्दछन् । बीमितलाई बीमा र बीमा पोलिसीको बारेमा वास्तविक कुरा गर्दा बीमा व्यसायमा जम्न उनीलाई निकै सजिलो भएको छ । भुषालका अनुसार अनावश्यक गफ दिएर बीमा गराएको भए साहेद उनी यो पेशाबाट उहिले नै पलाएन हुनु पर्थ्यो ।

भुषालका अनुसार विस्तारै बीमाको दावी भुक्तानीको समाचारहरुले बीमा प्रति जनताको विश्वास वृद्धि हुँदै गएको छ। मृत्यु दावी भुक्तानीमा धेरै ठूलो कार्यक्रम नगरेर एउटा सामान्य कार्यक्रम गरेर दावी भुक्तानी गराउँदा बीमा प्रति जनताको विश्वास वृद्धि हुँदै जाने छ।

कति समयको बीमा गर्दा उपयुक्त हुन्छ भन्ने प्रश्नमा भुषालले सटिक उत्तर दिंदै भने ” बीमितले बीमा गर्दा आफ्नो आर्थिक पाटो हेर्नु पर्छ, स्थायी जागिर छ भने लामो अवधिको बीमा गर्न उपयुक्त हुन्छ र कोही विदेश जानु भएको छ वा छोटो समयको लागि मात्र उहाँले आम्दानी गर्ने अवस्था हो भने थोरै अवधिको बीमा गर्दा उपयुक्त हुन्छ । बीमा गरे पछि किस्ता तिर्न अप्ठेरो हुनु हुदैन ।”

 बीमितिले बीमा गर्दा बोनस दर कहाँ धेरै पाइन्छ भन्ने कुरामा विशेष ख्याल गर्नु पर्छ, कुन बीमा कम्पनीमा दावी भुक्तानी छिटो छ, बीमा पोलिसी परिपक्व भए पछि बोनस र बीमांक रकम कुन कम्पनीले छिटो र सजिलै दिन्छ जस्ता कुरा हरुमा विशेष ख्याल गर्नु पर्छ ।

भुसालका अनुसार अभिकर्ताले बीमितलाई कहिले पनि गलत र अपूर्ण जानकारी दिनु हुदैन। अभिकर्ताले बीमा गरे बापत निकै थोरै लाभ लिने हो तर ठूलो लगानी बिमितको हुन्छ । थोरै लाभको लागि बिमितलाई रनभुल्लमा पार्नु हुदैन।

कुशल अभिकर्तामा हुनु पर्ने गुण के-के हुन भन्ने प्रश्नमा भुसालका अनुसार ” अभिकर्ताले पहिलो सत्य बोल्न सिक्नु पर्छ, आफु भन्दा माथिको अग्रजहरुले दिएको सुझाव लिनु पर्छ, आफ्नो कम्पनीको पोलिसीको बारेमा पुरै ज्ञान हुनु पर्छ, आफुले नजानेको कुरा अग्रजलाई सोध्नु पर्छ, बढाई चढाई कुरा गरेर गरेर बीमा गराउनु भएन, बीमाको अनुशासनमा रहनु पर्यो, मिठो बोलीचाली हुनु पर्यो र बीमा समबन्धी कानुनको पनि जानकार हुनु पर्यो । त्यस्तै बीमा गर्ने नखोज्ने  ग्राहकसँग रिसाउने होइन की राम्रो व्यवहार गर्नु पर्छ । कुनै दिन ती व्यक्तिले बीमा गर्नु पर्छ भनेर बीमाको महत्व बुझे भने तपाईसँगै बीमा गर्न आउँछन । ”

कोरोना बीमाको दावी भुक्तानीमा समस्या आउँदा जीवन बीमामा क्षेत्रमा पनि मनोवैज्ञानिक असर परेकोमा भुषाल चिन्तित छन् ।

उनका अनुसार बीमितिले बीमा गर्दा बोनस दर कहाँ धेरै पाइन्छ भन्ने कुरामा विशेष ख्याल गर्नु पर्छ, कुन बीमा कम्पनीमा दावी भुक्तानी छिटो छ, बीमा पोलिसी परिपक्व भए पछि बोनस र बीमांक रकम कुन कम्पनीले छिटो र सजिलै दिन्छ जस्ता कुरा हरुमा विशेष ख्याल गर्नु पर्छ । अहिले अभिकर्ताहरुले निश्चित समयमा नै पैसा डबल हुन्छ भनेर बीमा गराईरहेका छन् भन्ने सुनिन्छ र  यसले बीमा क्षेत्रमा विकृति आएको भुषाल बताउँछन ।

त्यस्तै भुषालले  कोरोना बीमाको दावी भुक्तानी छिटो गर्दिन सम्बन्धीत पक्षलाई आग्रह गरेका छन् । कोरोना बीमाको दावी भुक्तानी छिटो नहुँदा धेरै ग्राहकहरुले बीमा गरेर के गर्नु दावी भुक्तानी नै पाईदैन जस्ता कुरा सुन्न आईरहेको छ । कोरोना बीमाको दावी भुक्तानीमा समस्या आउँदा जीवन बीमामा क्षेत्रमा पनि मनोवैज्ञानिक असर परेकोमा भुषाल चिन्तित छन् ।

आफ्नै एजेन्सी कार्यालय हुँदा भुषाललाई बीमा गराउन अझै धेरै सजिलो भएको छ । आफ्नै एजेन्सी कार्यालय हुँदा बीमितहरु आफै कार्यालयमा आउने र पहिलोको जस्तो दुख पनि नभएको ठान्छन्।

भुषालका अनुसार बीमा वचत सँगै सुरक्षा पनि हो र बीमा गर्न धेरै रकम पनि चाहिदैन। एक दिनमा कुनै व्यक्तिले ४-५ कम चिया खादा जति पैसा खर्च हुन्छ त्यति पैसाको पनि बीमा गर्दा पनि राम्रै रकमको बीमा हुन्छ । त्यस्तै चुरोट रक्सी जस्ता कुलतबाट पर गएर पनि सो रकमको बराबरको  बीमा गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS