IME Life New

अनलाइन वित्तीय कारोबार गर्दा ठगी हुनबाट कसरी बच्ने ? यस्ता छन् राष्ट्र बैंकका टिप्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाऔँ सुझाव दिएको छ। सजगता अपनाए विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न सकिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘के तपाइँलाई अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सअप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप वा ई–मेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धनसम्पत्ति वा सुन, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी, फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेकोजस्ता सन्देशहरु तथा भिडियोहरु प्राप्त भएको छ ?’, सूचनामा भनिएको छ, ‘यदि छ भने सजग हुनुहोला।’

Esewa
Crest

त्यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका सन्देशहरु हुने सक्ने राष्ट्र बैंकको भनाइ छ। ‘यस्ता सन्देशमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाइँलाई आकर्षक प्रस्तावहरु दिँदै तपाइँको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानि/नोक्सानी पुग्न सक्छ’, सूचनामा भनिएको छ, ‘अतः अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै बुद्धिमानी हुन्छ।’

यसका साथै, कहिले–काहीँ परिचित व्यक्तिको म्यासेन्जर वा ह्वाट्सएपबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीका रुपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्यूआर कोडसमेत प्राप्त हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। ‘त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेरमात्र रकम पठाउने निर्णय लिनुपर्दछ’, सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँ–नयाँ स्वरुपहरुसमेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS