IME Life New

अदालतको निर्णयले महालक्ष्मीलाई मिल्यो राहत, के अब पाउँला महालक्ष्मीले लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको दर्ता प्रक्रिया रोक्नका लागी सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवदेन रद्ध भएको छ । अदालतले समितिले दिएको निवेदनलाई निस्सा प्रदान नगरेपछि निवेदन अस्वीकृत भएको छ ।

गत असार १४ गते अदालतले समितिको नाममा परमादेश जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको दर्ता प्रक्रिया अगाडी बढाउँन आदेश दिएको थियो । तर, मन्त्रालयले अदालतको आदेश रोक्न पुनरावलोकन गर्न समितिलाई निर्देशन दिएको थियो । समितिले गत असोज २३ गते अदालतमा पुनरावलोकन गरेको थियो ।

Esewa
Crest

तर अझै पनि कम्पनीले दर्ता अनुमती पाउँनेमा भने शंका देखिएको छ । अदालतले दर्ता प्रक्रिया अगाडी बढाउँनु भन्ने मात्रै आदेश दिएकाले कम्पनीले सञ्चालन अनुमती पाउँने नपाउनेमा अन्यौलता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS