IME Life New

अत्याधिक रुचाइयो कर्पाेरेट पे, पुष मसान्तसम्ममा २०० अर्ब बढीको कारोबार फर्छ्यौट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कर्पाेरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा भने कर्पाेरेट पे मार्फत कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । बैंक÷वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पाेरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको हो ।

हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ६ हजार १०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । यस प्रणालीमा युटिलिटि तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

Esewa
Crest

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख सम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोडसम्म गर्न सकिन्छ । साथै व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS