IME Life New

अटो व्यवसायको राजस्वमा महत्वपूर्ण योगदानः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अटो व्यवसायले राजस्वमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजबाट सुरु भएको ‘नाडा अटो शो–२०२४’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्। ‘अटो व्यवसाय राजस्वमा योगदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र हो, यसलाई मैले विशेष रुपले लिएको छु’, उनले भने।

Esewa
Crest

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अटो क्षेत्रका नीति व्यवस्था समेटे पनि विस्तारै समयअनुसार सरकारले सुधार गर्दै जाने अर्थमन्त्री पौडेलले बताए। ‘विद्युतीय सवारीको साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिनेछ’, उनले भने।

अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना रहेको पौडेलले बताए। ‘अब सवारीसाधन बेच्नेमात्र होइन, अब उत्पादनतर्फ पनि लाग्नुपर्छ’, उनले भने, ‘यसमा राज्यले साथ दिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS