IME Life New

अटो इन्डस्ट्रीमा टाटाको तगडा ‘पन्च’, तोडियो मारुतीको वर्षौंको प्रभुत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतीय अटो बजारमा मारुती सुजुकीको प्रभुत्व अन्त्य भएको छ। टाटा मोटर्सको माइक्रो एसयूभी पन्च भारतमा सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। यसले भारतको सबैभन्दा ठूलो अटो कम्पनी मारुती सुजुकीको वागन–आरलाई पछि पार्दै यो स्थान हासिल गरेको हो।

यसरी पन्चले मारुती सुजुकीको धेरै वर्षदेखिको प्रभुत्वको अन्त्य गरेको छ। टाटा पन्च बिक्री जनवरी र जुलाईबीच १ लाख २६ हजार युनिट थियो। यस अवधिमा वागन–आरको बिक्री १ लाख १६ युनिट रहेको छ। तर, जुलाईमा पन्च चौथो स्थानमा झरेको छ।

Esewa
Crest

अटो मार्केट रिसर्च फर्म जाटो डाइनामिक्सको तथ्यांकअनुसार हुन्डाईको क्रेटा जुलाईमा शीर्षमा पुगेको छ।

पन्चको सफलताले पनि मानिसहरु वैकल्पिक इन्धन विकल्पतर्फ आकर्षित भइरहेका छन् भन्ने संकेत हो। शीर्ष ५ बिक्रीमा यसको झन्डै आधा हिस्सा छ। पन्चको बिक्रीमा इलेक्ट्रिक र सीएनजीको हिस्सा करिब ४७ प्रतिशत रहेको छ। त्यस्तै वागन–आरको बिक्रीमा सीएनजी भेरिएन्टको हिस्सा ४५ प्रतिशत, ब्रेज्जाको २७ प्रतिशत र इर्टिगाको ५८ प्रतिशत रहेको छ।

भारतीय अटो उद्योगका जानकारका अनुसार पञ्चले आफ्नै लागि नयाँ वर्ग बनाएको छ, जसका कारण यो शीर्षमा पुगेको छ। यससँगै इलेक्ट्रिक र सीएनजीको फ्युल मिक्सले पनि यसलाई बजारमा स्थान दिएको छ।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका चीफ कमर्शियल अफिसर विवेक श्रीवात्साले एसयूभी सेग्मेन्टमा सबैभन्दा छिटो गाडी ४ लाख बिक्रीको कोशेढुंगा हासिल गर्न पन्च सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS