IME Life New

अटोमेटिक कार चलाउँदा कहिल्यै नगरौँ यी ५ गल्ती, नत्र हुन सक्छ ठूलो क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अटोमेटिक ट्रान्समिसन (एएमटी) भएका कारको प्रयोग तीव्र गतिमा बढिरहेको छ। अटोमेटिक ट्रान्समिसन (एएमटी) कार ट्राफिक जाममा चलाउन सजिलो छ। यिनै कारणले अटोमेटिक कार बढी रुचाइएको छ।

यद्यपि, मानिसहरु सामान्यतया अटोमेटिक कार चलाउँदा केही सामान्य गल्ती गर्छन्। जसले गियरबक्समा ठूलो क्षति पुर्याउँछ।

Esewa
Crest

अटोमेटिक कार चलाउँदा यी ५ गल्ती नगरौँ

नरोकी रिभर्स गियर

अटोमेटिक कार चलाउँदा यो गल्ती महँगो पनि हुन सक्छ। म्यानुअल कारजस्तै अटोमेटिक कारमा नरोकी रिभर्स गियर प्रयोग गरियो भने गियरबक्स फेल हुन सक्छ। अटो ट्रान्समिसनमा गियर राख्दा मेकानिजमले गियरहरु सिफ्ट गर्न ट्रान्समिसन ब्यान्ड र क्लच प्रयोग गर्नुपर्छ। यस कारणले गाडीलाई सधैँ ड्राइभ मोडबाट अर्थात् ‘डी’ बाट रिभर्स मोडमा सार्नुपर्छ। अर्थात् गाडी पूर्ण रुपमा रोकेपछि मात्रै रिभर्स गियरको प्रयोग गर्नुपर्छ।

लन्च कन्ट्रोल

अटोमेटिक ट्रान्समिसन भएका कारमा ‘लन्च कन्ट्रोल’ फिचर रहेको छ। यो सुविधाले उच्च गतिका लागि राम्रो सुरुआत दिन्छ। लन्च कन्ट्रोल प्रयोग गर्दा अटोमेटिक कारहरुमा धेरैजसो नयाँ आउनेहरुले न्युट्रलमा रिभर्स बढाउँछन् र त्यसपछि ड्राइभ मोडमा सर्छन्। यसले इन्जिन र गियरबक्समा क्षति पुर्याउँछ। यसका साथै कार एक झट्कामै अगाडि बढ्छ। अटोमेटिक कार लन्च गर्ने सही तरिका भनेको कारलाई ड्राइभ मोडमा राख्नु हो। ब्रेक पेडल थिचेर रेभ्स बढाउने अनि लन्चका लागि तयार हुँदा क्लचजस्तै ब्रेक पेडल छोड्नुपर्छ।

पी भनेको पार्किङ मोड

अटोमेटिक ट्रान्समिसन भएका कारमा पार्किङ गर्दा ‘पी’ मोड प्रयोग गरिन्छ। यो मोडमा कार अगाडि–पछाडि सर्दैन। जब कारलाई पी मोडमा राखिन्छ तब गियरबक्सले कगलाई घुमाउनबाट रोक्नका लागि पार्किङ पावल प्रयोग गर्दछ। यदि चलिरहेको कारमा पी मोड प्रयोग गरिएमा ट्रान्समिसन क्षतिग्रस्त हुन सक्छ। यस्तो अवस्थामा कार स्थिर हुँदामात्र यो मोड प्रयोग गर्नुपर्छ।

ट्राफिक लाइटमा न्युट्रल

ट्राफिक लाइटमा रोकिएको अटोमेटिक कारलाई न्युट्रल मोडमा राख्नु पनि मानिसको सामान्य बानी हो। मानिसले इन्धन बचाउन यस्तो गर्छन्। आफ्नो अटोमेटिक कारलाई ड्राइभ मोडमा राख्नु र ट्राफिक लाइटमा ब्रेक लगाउनु राम्रो हुन्छ। यसो गर्दा बारम्बार गियरबक्स प्रयोग गर्नुपर्दैन। साथै, यदि कारमा स्टप–स्टार्ट सिस्टम छ भने यसलाई प्रयोग राम्रो हुन्छ।

ढलान बाटोमा न्युट्रल

ढलान बाटोमा न्युट्रल रुपमा ड्राइभिङ गर्ने धेरै मानिसको बानी हो। मानिसले इन्धन बचाउन यस्तो गर्छन्। यसो गर्नु कारको गियरबक्सको लागि खतरनाक छ। तेल आपूर्ति न्युट्रलमा रोकिन्छ। जसका कारण ट्रान्समिसनले सहज रुपमा काम गर्न पर्याप्त मात्रामा लुब्रिकेन्टहरु पाउँदैन। यसले कारको गियरबक्समा क्षति पुर्याउँछ। यसबाहेक यस्तो अवस्थामा कारलाई पेडलले गति दिँदैन, जसका कारण चालकको कारमाथि पूर्ण नियन्त्रण हुँदैन। यो पनि ठूलो खतराको कारण बन्न सक्छ। यस कारणका लागि ढलान बाटोहरुमा न्युट्रलमा कार चलाउन हुँदैन। किनकि यसो गर्दा इन्धनको बचत हुनेभन्दा पनि गियरबक्स मर्मत गर्न धेरै खर्च हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS