IME Life New

अटेरी नेपाल लाइफ : सीएसआर र कर्मचारी वृत्ती विकासको पालना गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७८।७९ को वित्तीय प्रतिवेदन सशर्त स्वीकृत गर्दा कर्मचारीको दक्षता अभिवृद्धिका लागि पर्याप्त लगानी नगरेको भन्दै सचेत गराएको छ। प्राधिकरणले वित्तीय विवरण स्वीकृतिको सहमति दिंदा पहिलो बुँदामा नै ‘संस्थागत सुशासन निर्देशिका २०७९’ को दफा ५७ (क) र  दफा ५८ (ख) को प्रावधान पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ।

निर्देशिकाको दफा ५७ क मा बीमकले आफ्ना कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको कूल कर्मचारी खर्चको कम्तीमा दुई प्रतिशत रकम तालिम तथा वृत्ती विकास शीर्षकमा खर्च गर्नुपर्नेछ भन्ने प्रावधान छ। साथै सबै कर्मचारीले दक्षता अभिवृद्धिमा समान अवसर पाउने गरी  आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान छ।

Esewa
Crest

नेपाल लाइफको व्यवस्थापनले कर्मचारीको दक्षता र वृत्ती विकासमा खर्च गर्नुपर्ने रकमको एकदमै न्यून अंश मात्र खर्च गरेको छ। यस्तो शीर्षकका लागि विनियोजित रकम समेत जम्मा गरेर ब्याज आम्दानीका लागि प्रयोग गरिरहेको छ। कर्मचारीका अनुसार निश्चित विभागमा कार्यरत सीमित कर्मचारीलाई मात्र बाह्य संस्थाले आयोजना गर्ने तालिममा सहभागिताको अवसर दिइएको छ। साथै दक्षता अभिवृद्धिमा सबै कर्मचारीले समान अवसर पाउनुपर्ने प्रावधान विपरित तालिमको अवसरहरुमा भेदभाव गरेर व्यवस्थापन निकटलाई मात्र अवसर प्रदान गरेको पीडित कर्मचारीको गुनासो छ।

नेपाल लाइफमा कारोबार अवधि र रकमको आकार ठूलो भएकाले सञ्चालन जोखिम उच्च बन्दै गएको छ। यस्तो अवस्थामा कर्मचारीहरुलाई बदलिंदो परिवेशमा व्यवसायीक र सञ्चालन जोखिम पहिचान गर्न दक्ष बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिममा सहभागिताको पर्याप्त अवसर उपलब्ध गराउनु आवश्यक हुन्छ।

यसैगरी दफा ५७ (ख) बीमकले सामाजिक उत्तरदायीत्व सम्बन्धी कार्यमा कृयाशील हुन प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने प्रावधान छ। यस्तो प्रावधान अन्तर्गत शिक्षा स्वास्थ्य दैवी प्रकोप व्यवस्थापन वातावरण संरक्षण सांस्कृति प्रवर्द्धन दुर्गम क्षेत्रमा पूर्वाधार सुधार सामाजिकरुपले पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि बीमा साक्षरता तथा प्राधिकरणले समय समयमा तोकेका अन्य क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान छ।

नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्वको क्षेत्रमा पनि पर्याप्त खर्च गरेको छैन । प्राधिकरणले बीमा कम्पनीले समाजबाट नाफा आर्जन गर्ने भएकाले समाजको समेत केही हिस्सेदारी हुने अवधारणा अन्तर्गत सामाजिक उत्तरदायीत्व सम्बन्धी प्रावधान अनिवार्य गरेपनि नेपाल लाइफले कारोबार रकम र नाफा आर्जनको तुलनामा यस्तो कार्यका लागि खर्चमा कञ्जुस्याइँ गरि रहेको छ। साथै कुनै संघसंस्थालाई सामाजिक उत्तरदायीत्व अन्तर्गत कुनै जिन्सी सामाग्री खरिद गरेर हस्तान्तरण गर्दा सामाजिक सेवाको उद्देश्यभन्दा पनि भद्दा विज्ञापन सामाग्रीको झल्को दिने गरी विज्ञापन गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS