IME Life New

अजोड इन्स्योरेन्सले तम्घास बजारमा दियो बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स लिमिटेडको बालीतथापशुपंक्षी सम्बन्धिबीमाअभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ ।

गुल्मीशाखाको तम्घासमा चैत्र १० र ११ गते आईतवार र सोमवार सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्नभएको हो ।

Esewa
Crest

तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

इन्स्योरेन्सका प्रवन्धक दिपक पोखरेलले बाली तथा पशुपंक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गुल्मी शाखाका शाखा प्रमुख सन्तोष न्यौपानेले गरेका थिए भने ५ नम्बर प्रदेशका क्षेत्रिय प्रबन्धक भगवती रेग्मी तथा केन्दीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेत र शाखा कार्यालयका कर्मचारीहरुले सहजीकरणको कार्य गरेका थिए ।

साथै शाखा कार्यालयका कर्मचारीहरुले अजोड इन्स्योरेन्स लिमिटेड बिगत माघ महिना देखि तम्घासको पुतलीबजारबाट निर्जिवन बीमाको सम्पूर्ण कार्य गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS