IME Life New

अगाडी बढ्यो: रिलायबल लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ५ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले सो अबधिमा २२ करोड २१ लाख खुद बीमा शुल्क आम्दानी गरेको छ। कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिकको रिपोर्ट अनुसार २२ करोड २१ लाख खुद बीमा शुल्क आर्जन गर्दै बीमा शुल्क आर्जनको हिसाबले नयाँ संचालित जिबन बीमा कम्पनीहरु मध्ये दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

गत आर्थिक वर्ष इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा ६५ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

Esewa
Crest

बीमा लेख संख्याको आधारमा अग्रता
स्थापनाको समय देखिनै बीमालेख संख्याको आधारमा नयाँ कम्पनीहरु मध्ये अगाडी रहेको कम्पनीले समीक्षा अबधिमा ७८ हजार २ सय ६८ ओटा बीमालेख बिक्रि गर्न सफल भएको छ, हाल कम्पनीको कुल कायम बीमालेख संख्या २ लाख १ हजार २ सय ८ पुगेको छ जुन नयाँ संचालित जिबन बीमा कम्पनीहरु मध्ये सबै भन्दा धेरै हो ।

मुनाफामा अब्बल
नयाँ जिबन बीमा कम्पनीहरु मध्ये मुनाफाको हिसाबले सबै भन्दा अगाडी रहदै आएको कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा खुद नाफा ५ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ, जुन नयाँ संचालित जिबा बीमा कम्पनीहरुमध्ये सबै भन्दा धेरै हो । गत आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा १२ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको थियो, यो क्रमलाई कम्पनीले अहिले पनि निरन्तरता दिएको छ।

सर्वसाधारणमा शेयर निष्काशनको तयारी
एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको जीवन बीमा कोषमा १७ करोड २५ लाख रहेको छ । ६० करोडको सर्बसाधारण शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS