IME Life New

किन गर्ने जीवन बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा  वीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । बीमा प्रक्रियामा विमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई विमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र विमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।

धेरै पहिले देखि नै बीमाको शुरुवात भएता पनि हाम्रो समाजमा बीमा क्षेत्रमा जति विकास हुनु पर्ने हो त्यो भने भएको पाईदैन् । यो अवस्था हाम्रो जस्तो समाजको लागि एक खल्लोपना पनि हो । किनकि हाम्रो जस्तो विकासोन्मुख मुलुकमा गरिबिको रेखामुनि रहेको जनसंख्या अधिक छ । यस्तो परिस्थितिमा यहाँका जनता बिरामी परेको अवस्थामा उपचारका लागि आर्थिक स्थिति कमजोर भएकै कारणले अकालमै मृत्युको शिकार बन्न बाध्य हुन्छन् । हालै नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । जसले केहि हदसम्म उपचार नपाई मर्नु पर्ने स्थितिलाई पर सारेको छ । बीमा पनि विभिन्न किसिमका हुन्छन् । अन्य बीमाको पहुचमा रहन नसकेका व्यक्तिहरुका लागि लघु बीमाले समेट्ने गर्छ । यसैगरि जीवन बीमा र निर्जीवन बीमाले पनि मानविय जीवनमा आई पर्न सक्ने जुनसुकै जोखिम सँग पनि सामना गर्न सक्ने क्षमता प्रदान गर्दछन् ।

Crest

 

आज पनि हाम्रो समाजमा बीमा के हो र यसको के महत्व छ ? किन गर्ने बीमा ? बीमा गर्दा के फाईदा कुन्छ र ? भन्ने मनसाय बोकेका व्यक्तिहरु पनि पाईन्छन् । उनीहरुमा आजसम्म पनि बीमा सम्बन्धी ज्ञानको अभाव रहेको छ । यस्तो परिस्थितिमा बीमा व्यवसाय फस्टाउन सकेको छैन । बीमा अभिकर्ता सक्रिय नहुनु, विमित स्वयमं इच्छुक नहुनु, उपयुक्त नीति तथा नियम नहुनु साथै भएको नीति नियमको पनि उचित रुपमा कार्यान्वयन नहुनु जस्ता प्रमुख कारणहरुले गर्दा बीमा क्षेत्रमा सुधार आउन सकेको छैन् भन्दा खासै फरक नर्पला । बीमा व्यवसायलाई अझ योे भन्दा अगाडि बढाउनका लागि बीमा सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हामी जो कोहिले पनि आ आफ्नो काममा आएको जिम्मेवारीलाई सहि रुपले वहन गरेमा पक्कै पनि बीमा व्यवसाय अझ व्यापक रुपमा विकास हुनेछ ।

बीमाका विभिन्न प्रकार मध्ये जीवन बीमा एक हो । मानिसको जीवन सँग सम्बन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । विमितको भविष्यमा आईपर्न सक्ने सम्भावित जोखिम विरुद्ध लड्न सक्ने सामर्थ जीवन बीमाले प्रदान गर्दछ । जीवन बीमा गर्दा हुने फाईदाहरु धेरै रहेका छन् । भविष्यमा पर्न सक्ने जोखिम लाई सामना गर्न सक्ने क्षमता बीमा कम्पनिले विमितलाई प्रदान गर्दछ । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्ति दुर्घटनामा पर्यो भने उसलाई उपचार खर्चको अभाव हुदैन किनकी त्यो जिम्मेवारी बीमा कम्पनीले वा बिमकले बोकेको हुन्छ । यदि विमितको मृत्यु भई हालेमा उसको परिवारले आर्थिक अभावको समस्यामा अल्झि रहनु पर्दैन । बीमा दाबी वापत विमितको परिवारले विमितको मृत्यु भए पनि उसको परिवारलाई राहत पुग्दछ ।

यदि एउटा सानो बच्चाको आजै बीमा गरेकोमा भोलि उ ठुलो भए पछि उसको भविष्यको लागि आवश्यक खर्चका लागि पनि राहत मिल्दछ । उसको भविष्यको सुरक्षा पनि हुन जान्छ। यसै गरि बीमाका अन्य फाईदाहरु निम्न रहेका छन् :
आर्थिक सुरक्षा
करमा छुट
ऋण सुविधा
परनिभर्रता उन्मूलन
भविष्यको योजनाको निर्माण
बचत गर्न प्रोतसाहन

भविष्य प्रति सजगताजीवनमा आई पर्न सक्ने विभिन्न किसिमका जोखिमहरुलाई समाधान गर्नका लागि बीमाले राहत पुराउँदछ । हामी सबैले भविष्यमा भवितव्य आईपर्ने जोखिम विरुद्ध लड्न सक्ने क्षमताका लागि बीमा गर्नु आवश्यक हुन्छ ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%

खुसी

0%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS