IME Life New

जीवन बीमालेखको ‘मिस-सेलिङ’ नियन्त्रण गर्न कठोर बन्यो प्राधिकरण, जारी गर्यो ७ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण जीवन बीमालेख बिक्रीको गलत अभ्यास नियन्त्रण गर्न कठोर बनेको छ।

प्राधिकरणले आज सबै जीवन तथा लघु जीवन बीमकका नाममा परिपत्र जारी गर्दै जीवन बीमालेख बिक्रीको गलत अभ्यास नियन्त्रण गर्न निर्देशन दिएको हो। बीमा व्यवसाय बीमितको आर्थिक जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील सेवा भएकोले बीमा योजनाको बिक्री गर्दा बीमितलाई सही, स्पष्ट पूर्ण तथा तथ्यपरक सूचना उपलब्ध गराउनु बीमक तथा सम्बन्धित अभिकर्ताको दायित्व भएकोले प्राधिकरणले स्पष्ट पारेको छ।

Esewa
Crest

यद्यपि, लामो समयदेखि जीवन बीमालेखको बिक्रीमा गलत अभ्यास चल्दै आएको थियो। यस विषयमा इन्स्योरेन्स खबरले पटक–पटक समाचार प्रकाशन गर्दै आएको थियो। तिनै खबरको प्रभावमा यस्ता गलत अभ्यास नियन्त्रण गर्न प्राधिकरणले जीवन र लघुजीवन बीमकलाई ६ बुँदे निर्देशन जारी गरेको छ।

यस्ता छन् निर्देशन

बीमा योजनालाई ‘फिक्स्ड डिपोजिट प्लान’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’, ‘निश्चित लगानी प्रतिफल’ वा अन्य कुनै निक्षेप तथा लगानी योजनाका रुपमा प्रस्तुत गरी बिक्री गर्न नपाउने,

बीमालेखका सर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गई निश्चित बोनस, प्रतिफल, रकम वा लाभ प्राप्त हुने भनी आश्वासन दिन नपाउने,

बीमा कम्पनीले स्वीकृत गरेको प्रचार सामग्रीबाहेक अभिकर्ताले आफूखुसी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बीमा योजनाको प्रचारप्रसार गर्न नपाउने,

बीमा प्रस्ताव पेस गर्दा बीमा योजनालाई निक्षेप वा फिक्स्ड डिपोजिट होइन भन्ने विषय स्पष्ट रुपमा बुझाउनुपर्ने,

बीमालेखको बिक्री गर्दा बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत तथा बीमा उद्देश्यलाई ध्यानमा राखी उपयुक्त बीमा योजना सिफारिस गर्नुपर्ने,

बीमकले बीमा अभिकर्ताको बिक्री सामग्रीको परीक्षण, ग्राहक गुनासोको विश्लेषण तथा सम्बोधन गर्ने र सामाजिक सञ्जालमार्फत गरेको बीमा प्रचारप्रसारको नियमित अनुगमनको व्यवस्था मिलाउनु पर्ने।

मिस–सेलिङसम्बन्धी गुनासाको छुट्टै अभिलेख राखी त्यस्ता गुनासाको संख्या, प्रकृति, समाधान तथा गरिएको कारबाहीसम्बन्धी विवरण प्रत्येक त्रयमासमा नियमित रुपमा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS