IME Life New

सार्वजनिक संस्थानदेखि समितिसम्मका कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्तामा अर्थको यस्ता सर्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक संस्थानदेखि समितिसम्मका कर्मचरीहरुको तलब वृद्धि तथा प्रोत्साहन भत्तामा केही सर्त अघि सारेको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीलगायतको तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता वृद्धि कायम भएको छ।

Esewa
Crest

अब सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम र समितिमा कार्यकार कर्मचारीहरुको समेत तलब तथा ग्रेड वृद्धि र प्रोत्साहन भत्ता कायम गर्दा अर्थमन्त्रीस्तरको निर्णयबाट देहायका सर्तहरु अघि सारिएको छ।

सर्तहरु

  • मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकबाट संवत् २०८३ साल साउन १ गतेदेखि लागू हुने गरी कायम भएको तलबमान मुताबिक हुने गरी दर्जा/तह/पदअनुसार नयाँ तलबमान निर्धारण गर्ने। तर, प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गरी रहेका कर्मचारीको प्रोत्साहन भत्ता मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयबाट कायम भएको प्रोत्साहन भत्ताभन्दा कम हुने भएमा कम भएजति भत्ता मात्र थप प्रदान गर्ने। प्रोत्साहन भत्ता कार्यसम्पादन सूचकका आधारमा प्रदान गर्ने व्यवस्था क्रमिक रुपमा मिलाउँदै जाने।
  • हाल खाइपाई आएको ग्रेडदर निजामती सेवातर्फ लागू भएको नयाँ ग्रेडदरभन्दा कम भएमा मात्र सोबराबर हुनेगरी नयाँ ग्रेडदर निर्धारण गर्ने।
  • अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै पनि प्रकारका भत्ता एवं सुविधा वृद्धि नगर्ने।
  • यस सन्दर्भमा अर्थ मन्त्रालयबाट विगतमा भएका परिपत्रहरुलाई समेत ध्यानमा राखी आवश्यक निर्णय गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS